Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

रासस १६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार (१ महिना अघि)
उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

राँझा (बाँके), १० भदौः

भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ ।

भारतीय स्याउको तुलनामा कर्णाली प्रदेशको जुम्ला, कालीकोट, हुम्ला र मुगुमा फलेका स्वादिष्ट स्याउ उपभोक्ताको रोजाइमा परेको नेपालगञ्जका थोक फलफूल व्यवसायी प्रेमलाल साहुले बताउनुभयो ।

“बाँकेको नेपालगञ्ज,कोहलपुर, दाङको तुलसीपुर, घोराही, लमहीमा मुख्य फलफूल बजारदेखि गल्ली–गल्लीका ठेलासम्म अहिले राताम्मे कर्णालीकै स्याउ देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “सस्तो मूल्य र उत्कृष्ट स्वादका कारण उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ पर्न थालेको छ ।”

उहाँका अनुसार भारतीय स्याउको तुलनामा कर्णालीको स्याउ निकै सस्तो र गुणस्तरीय भएकाले यसको माग उच्च छ । भारतीय स्याउ प्रतिकिलो रु २५० मा बिक्री भइरहेका बेला कर्णालीको ताजा र अग्र्यानिक स्याउ किलोको रु १५० मा पाइन्छ । हिमाली हावापानीमा फलेको कर्णालीको स्याउ बढी स्वादिलो हुने भएकाले सर्वसाधारण यसतर्फ आकर्षित भएका हुन् ।

कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पु¥याउनु ठूलो चुनौती थियो । अहिले किसान र व्यापारीले सहज रुपमा स्याउ तराईका जिल्लामा पु¥याएर बिक्री वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रेमलालसँग वर्षौंअघि हवाईजहाजबाट नेपालगञ्जसम्म स्याउ ढुवानी गरेर बिक्री वितरण गरेको अनुभव छ । कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो । “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपथ्र्यो, हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो”, उहाँले भन्नुभयो, “कर्णाली राजमार्ग सञ्चालनमा आएपछि भने ढुवानीमा क्रान्तिकारी परिवर्तन आएको छ । अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भई स्याउ सिधै तराईका बजारमा आइपुग्छ ।”

कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा उपलब्ध छन् । नेपालगञ्जको धम्बोझी, कारकाँदो र पुष्पलालचोक क्षेत्रमा कर्णालीका महिलाले फुटकर रुपमा स्याउ बिक्री वितरण गरिरहेका छन् ।

जुम्ला गुठीचौर गाउँपालिका–४ निवासी स्याउ व्यापारी रामप्रसाद न्यौपानेले यो वर्ष कर्णालीको स्याउलाई रुखमै पाक्न दिएर टिपिएकाले थप स्वादिलो रहेको बताउनुभयो । उहाँले चन्दननाथ नगरपालिका–१० गैरागाउँबाट खरिद गरेको ४४३ कार्टुन स्याउ नेपालगञ्जको फलफूल बजारमा बिक्री गर्नुभएको छ ।

कर्णालीमा अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउ खेती गरिरहेका छन् । टिपाइ, ग्रेडिङ, प्याकिङलगायतमा ध्यान दिन सके कर्णालीको स्याउ नेपालभर बिक्री वितरण गर्न सकिने व्यवसायी न्यौपानेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

  • बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

  • चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution