Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डः उपराष्ट्रपति यादव

रासस १५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलबार (१ महिना अघि)
अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डः उपराष्ट्रपति यादव

काठमाडौँ, ९ भदौः

उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ ।

अटोमोबाइल क्षेत्रले मेला ‘नाडा अटो शो २०२६’ को १८ औँ संस्करणको आज उद्घाटन गर्दै उहाँले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताउनुभएको हो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, “नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ ।”

उहाँले जलविद्युत्को धनी देश नेपालले पेट्रोलियम पदार्थको आयत घटाई विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत् उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अर्बौं रुपैयाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको बताउनुभयो ।

मुलुकमा उद्यमशीलता सिर्जना गर्न नाडा अटो शो मोबाइलले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँले नेपालमै अटोमोबाइल क्षेत्रको उत्पादन आवश्यक रहेको धारणा राख्नुभयो ।

नेपाली अटोमोबाइल क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य नाडाको हुनुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले वातावरणमैत्री र प्रविधिमैत्री नेपाल निर्माणका लागि ‘चार्जिङ स्टेशन’जस्ता पूर्वाधार विस्तारमा सरकार र निजी हातेमालो गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।

उपराष्ट्रपति यादवले अटो शोले नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाएर आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले व्यवसायीको मनोबल बढाउने ढङ्गबाट सरकारले कार्यक्रम तर्जुमा गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

गत वर्ष अटोमोबाइल क्षेत्रबाट राज्यलाई रु ८१ अर्ब राजश्व योगदान गरेको जानकारी दिदै उहाँले मुलुकको कूल राजश्वको करिब आठ देखि नौ प्रतिशत हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुको रूपमा मात्र हेरिनु नहुने धारणा व्यक्त गर्नुभयो ।

अब आयातमा मात्र भर नपरी स्वदेशमै सवारीसाधन र पार्टपुर्जाको ‘एसेम्बलिङ’ र उत्पादन सुरु गर्नुपर्ने आवश्यकता औँल्याउदै अध्यक्ष श्रेष्ठले स्वदेशमै उत्पादनमूलक क्षेत्रको विकास गरी युवाका लागि रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको जनसङ्ख्या र आर्थिक गतिविधि बढे पनि प्रदर्शनी केन्द्रको विकास हुन सकेको छैन, भृकुटीमण्डपको वर्तमान स्थलले ट्रक, बस र ठूला उपकरण प्रदर्शन गर्न पर्याप्त ठाउँ पुग्दैन, त्यसैले काठमाडौँमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउनु अहिलेको आवश्यकता हो ।”

अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केबल सवारीसाधनको व्यापारका रूपमा मात्र नहेरी यसको बृहत् आर्थिक प्रभावलाई बुझ्न सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै चार्जिङ पूर्वाधार र नेपालमै ‘एसेम्बल’ उद्योगको विकासका लागि नीतिगत स्पष्टता र सहुलियत हुनुपर्ने बताउनुभयो ।

नाडा स्थापना भएको ५० वर्षको अवसरमा ‘उद्योगदेखि रोजगार सम्म’ भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त मेला भदौ २४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

  • मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

  • प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

  • प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभामा बाढीपीडित राहत र उद्धारसँगै ट्राफिक पार्किङ व्यवस्थापनसम्मका विषयमा चर्चा

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution