Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

रासस १८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलबार (१ महिना अघि)
भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

ख्वप (भक्तपुर), ९ भदौः
भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ । गाईजात्रा पर्वलाई लक्षित गरी यहाँ केही दिनका लागि बाँसको व्यापार सुरु गरिएको हो ।
         गाईजात्रामा ताहासा बनाउन बाँसको प्रयोग गरिन्छ । गाईजात्रा निकाल्ने परिवारका लागि ताहासा नभई हुँदैन । त्यसैले केही दिनदेखि भक्तपुरको पाँचतले मन्दिर परिसरमा बाँस बिक्री गर्ने व्यापारीको चहलपहल सुरु भएको छ ।
व्यापारीले भक्तपुरको पाँचतले मन्दिर परिसरबाट प्रतिवटा बाँसको रु पाँचसयमा धमाधम बिक्री गरिरहेका छन । यही भदौ १३ गते भक्तपुरमा गाईजात्रा पर्व मनाइँदै छ । सो पर्वलाई लक्षित गरी तयार पारिएको ताहासाको मूल्य रु दुई हजारदेखि पच्चिस सयसम्ममा बिक्री हुने गरेको छ ।
        सूर्यविनायक नगरपालिका–८ आशापुरीबाट यहाँ बाँस बिक्रीका लागि ल्याउने गरिन्छ । बर्सेनि बाँस बिक्रीका लागि यहाँ आउने जयराम तामाङले हरेक वर्ष गाइजात्राको एक साता अघिदेखि भक्तपुरको पाँचतल्ले मन्दिर अगाडि ताहासाको लागि बाँस बेच्दै आएको बताउनुुभयो ।
        यहाँ बिहान १०ः०० बजेसम्म मात्र बाँसको ब्यापार गर्न पाइन्छ । नगरपालिकाले दिउँंसो व्यापार गर्ननदिने भएकाले बिहान मात्रै बाँस बेच्न पाइने भएको हो ।
        गाईजात्रामा बाँसबाट ताहासा बनाइन्छ । ताहासा बनाउन बाँस नभई हुँदैन  ।  १५ देखि २० फिट लामा चार वटा बाँस बाट ताहासा बनाइन्छ । तयारी ताहासाको शिरमा गाईको चित्र राखि गाईजात्रा निकालिन्छ ।
मृत्यु भएका व्यक्तिका परिवारले ताहासा उपोग गरी घर÷घरबाट गाईजात्रा निकाल्छन् ।  जसका लागि हरियो बाँसको आवश्यक पर्छ । त्यस हिसाबले सयौँ परिवारका लागि बाँंस आवश्यक हुन्छ ।
तहासा निर्माणमा प्रयोग हुने बाँसको आकार र गुणस्तरअनुसार मूल्य फरक पर्ने तामाङले बताउनुुभयो ।
तामाङले यसवर्ष एउटा ताहासा बनाउन चार वटा बाँसको दुई हजार पाँंच सयमा बिक्री गर्दै आउनुभएको छ । भक्तपुरमा गाईजात्रा पर्वका लागि ताहासा बनाउने परम्परा पुस्तौँखि चलिआएको छ ।
पर्व नजिकिएसँगै ताहासा निर्माण, सजावट तथा जात्राका अन्य तयारीले भक्तपुरका टोलहरूमा चहलपहल बढेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल प्रतिपदा दिन मनाइने गाइजात्रा यो वर्ष शनिबार परेको छ । यो जनैपूर्णिमाको भोलिपल्ट मनाउँने गरिन्छ ।
काठमाडौँ, ललितपुरलगायत नेपाली भाषीको बसोबास रहेको ठाउँमा गाईजात्रा पर्व धूमधामका साथ मनाउने गरिन्छ ।
त्यस दिन वर्षभरिमा दिवङ्गतको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाई त्यसलाई नगर परिक्रमा गराइन्छ । धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एकदिन यमलोकको ढोका खुला हुने जनश्रुति छ ।
यस दिन गाईको प्रदर्शनले मृतकको आत्मालाई गाईको मद्दतबाट यमलोकमा प्रवेश हुने जनविश्वास रहँदै आएको छ ।
महिला र पुरुषको तहासा छुट्याउन महिलालाई हाकुपटासी (कालो फरिया) र पुरुषलाई सेतो कपडा बाधिन्छ । त्यसमा परालको सिङ र सिङमाथि पलेस्वाँ लप्ते (कमलको फूलको पात), चोबो (कपाल जस्तो देखिने) मयुरको पङ्खा र रङ्गीचङ्गी फूलले सजाइन्छ । टाउको दुई छेउमा सिङसँगै पतचा (रङ्गिन माथि गोलाकार तर झण्डा जस्तो देखिने) सजाइन्छ । द्योःगाचा अष्टमातृकाको प्रतीक खास्टो, दुई वटा लामो पटुका राखी छाता ओढाइन्छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution