Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शिवाङ्गी दुबेः कुस्ती खेलमा नेपालको प्रतिनिधत्व गर्दै

रासस २१०१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार (१ महिना अघि)
शिवाङ्गी दुबेः कुस्ती खेलमा नेपालको प्रतिनिधत्व गर्दै

महेन्द्रनगर, ८ भदौः

शिवाङ्गी दुबे कुस्ती खेलमा नेपालको प्रतिनिधत्व गर्ने खेलाडी हुन् ।

दुबेले लगातार दुई पटक एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा सहभागिता जनाइसक्नुभएको छ । दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितिसकेकी शिवाङ्गी आसन्न जापानमा आयोजना हुने आगामी २०औँ एसियाली खेलकुद (एसियाड) मा कुस्तीमा पदक जित्ने आशालाग्दी खेलाडी हुनुहुन्छ ।

“उहाँ मेहनती खेलाडी हुन् । त्यसैले दोस्रो पटक एसियाडमा प्रतिस्पर्धा गर्दै छिन् ।” कुस्ती प्रशिक्षक राजेन्द्रबहादुर चन्दले भन्नुभयो, “१९औँ एसियालीमा सहभागिता मात्रै भए पनि आसन्न प्रतियोगितामा भने शिवाङ्गीले पदक ल्याउने सम्भावना छ ।”

विगत १ महिनादेखि अयोध्यामा प्रशिक्षणमा रहेको नेपाली कुस्ती टोलीमा चार पुरुष र दुई महिला खेलाडी प्रशिक्षण गरिरहनुभएको छ । कञ्चनपुरबाट कुस्ती खेल थालेकी शिवाङ्गी हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसित आबद्ध हुनुहुन्छ ।

शिवाङ्गीसँगै ६२ किलो तौल समूहमा नेपालगञ्जकी सुशीला चन्द पनि आसन्न एसियाडमा सहभागी हुँदै छिन् । पछिल्लो केही वर्षयता नेपाली कुस्तीमा सुदूरपश्चिमका महिला खेलाडीहरुको वर्चस्व रहेपछि खेलाडी विभागीय टोलीमा आबद्ध हुने क्रम चलिरहेको प्रशिक्षक चन्दको भनाइ छ । कञ्चनपुरबाट आसन्न एसियाडमा चार जना महिला खेलाडी सहभागी छन् । १९औँ एसियाडमा काष्य पदक नेपालले जित्दा महिला कबड्डीमा छ जना खेलाडी कञ्चनपुरका थिए । आसन्न एसियाडमा मानमती विष्ट, रविना चौधरी, जयन्ती बडू र मनिषा जोशी महिला कबड्डी टोलीमा छन् ।

कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टले मनिषाबाहेक अन्य तीन खेलाडी यसअघिको एसियाडमा सहभागी भइसकेको बताउनुभयो । कबड्डी खेलाडी मानमती कञ्चनपुरको भीमदत्त नगरपालिका, मनिषा शुक्लाफाँटा नगरपालिका, रविना बेल्डाडी गाउँपालिका र जयन्ती बेदकोट नगरपालिकाका बासिन्दा हुन् ।

“अहिले सहभागी सबै खेलाडी कञ्चनपुरमा आठ÷नौ वर्षअघि उत्पादन भएका प्रतिभावान खेलाडी हुन्”, प्रशिक्षक भट्टले भन्नुभयो, “नेपाली कबड्डीमा कञ्चनपुरको लामो इतिहास र ठूलो योगदान छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution