
कञ्चनपुर, ८ भदौ :
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जङ्गलमा लुकाइछिपाइ राखेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–३ स्थित जङ्गलको झाडीमा रुखको फेदमा लुकाइराखेको एक थान कटुवा पेस्तोल आइतबार साँझ बरामद गरेको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।
त्यसैगरी, प्रहरीले गोप्य सूचनाका आधारमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहप्रवक्ता प्रहरी निरीक्षक थापाका अनुसार भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दोधारा चाँदनी नगरपालिका–१ का जनक खड्का र शुक्लाफाँटा नगरपालिका–८ का धिरेन्द्र महरालाई नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार खड्काको साथबाट एक ग्राम ८४० मिलीग्राम खैरो हिरोइन र महराको साथबाट छ ग्राम ४१ मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |