Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका 

रासस १६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार (१ महिना अघि)
विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका 

राँझा (बाँके), ८ भदौः बाढी, डुबान, कटान र आगलागीलगायत विपद्को जोखिममा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिका विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ ।

वर्षायाममा राप्ती नदी तथा विभिन्न खहरे खोलामा आउने बाढीका कारण मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा विद्यालय, स्वास्थ्य संस्था र सडकजस्ता संरचनामा क्षति पुग्ने जोखिम रहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो ।

“राप्तीसोनारी हरेक वर्ष विपद्बाट प्रभावित हुने गाउँपालिका हो । पछिल्ला वर्षमा जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण र विपद् प्रतिकार्यका योजना अघि बढाइएकाले जोखिम केही कम हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले यस वर्षका लागि विपद् प्रतिकार्य योजना तयार गरेको छ । बाढी तथा डुबान भए प्रभावितको उद्धार गरी सुरक्षित स्थानमा राख्ने, स्वास्थ्योपचार, खाद्यान्न तथा राहत उपलब्ध गराउने र मनोसामाजिक परामर्श दिने तयारी गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सैँ घण्टा तयारी अवस्थामा राखिएको छ । वडा कार्यालय, वडा विपद् व्यवस्थापन समिति र गाउँपालिका विपद् व्यवस्थापन समितिमार्फत मनसुनअघि र मनसुनपछि पनि आवश्यक तयारी तथा व्यवस्थापनका कामलाई निरन्तरता दिइएको छ ।

विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै राप्तीसोनारीमा हाल पाँचवटा सुरक्षित आश्रयस्थल सञ्चालनमा छन् भने थप दुईवटा निर्माणको क्रममा छन् । सञ्चालनमा रहेका आश्रयस्थलमा करिब एक हजार ५०० देखि दुई हजार जनासम्मलाई राख्न सकिने गाउँपालिकाले जनाएको छ ।

कृत्रिम अभ्यास

गाउँपालिकाले बाढी पूर्वानुमानमा आधारित कृत्रिम घटना अभ्यास गरी सम्भावित विपद्का लागि पूर्वतयारी र प्रतिकार्य क्षमताको परीक्षण गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले गत वैशाख ३१ गते स्वीकृत गरेको नयाँ कार्यविधि कार्यान्वयन गर्दै राप्तीसोनारी गाउँपालिकाले पहिलोपटक स्थानीय तहका रूपमा नमूना अभ्यास सञ्चालन गरेको हो ।

अभ्यासमा बाढीमा परेका नागरिकको उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत र खाद्यान्न व्यवस्थापनलगायतका गतिविधि प्रदर्शन गरिएको थियो ।

बाँकेमा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत सामाजिक विकास मञ्चका परियोजना स्रोत व्यक्ति घनश्याम उपाध्यायले कार्यविधिअनुसार नेपालमै पहिलोपटक राप्तीसोनारी गाउँपालिकामा बाढी कृत्रिम घटना अभ्यास गरिएको बताउनुभयो । उहाँले अभ्यासले बाढी आएपछि गरिने प्रतिकार्यको क्षमता परीक्षण गर्न सहयोग पुगेको बताउनुभयो ।

उहाँका अनुसार अभ्यासले विपद्का बेला सुरक्षा निकाय, स्थानीय सरकार, स्वयंसेवक, स्वास्थ्यकर्मी, सामाजिक सङ्घसंस्था र समुदायबीचको समन्वयको महत्त्वसमेत देखाएको छ ।
राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बाढी आएपछि उद्धार गर्नुभन्दा पहिले नै समुदायलाई तयार बनाउने, उद्धार टोलीको क्षमता परीक्षण गर्ने तथा आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्ने अभ्यास प्रभावकारी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution