Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रोटिन सचेतना र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न पोखरामा ‘राइट टु प्रोटिन रन’

रासस १९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार (१ महिना अघि)
प्रोटिन सचेतना र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न पोखरामा ‘राइट टु प्रोटिन रन’

कास्की, ५ भदौः

खेलकुदमार्फत प्रोटिनसम्बन्धी जनचेतना जगाउँदै स्वास्थ्य, पर्यटन र कृषिलाई जोड्ने उद्देश्यसहित ‘राइट टु प्रोटिन रन’को पाँचौँ संस्करण पोखरामा आयोजना हुने भएको छ ।

प्रोटिन, सन्तुलित पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज ३ गते कास्कीको पोखरामा उक्त दौड आयोजना गर्न लागिएको हो । आयोजक नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको छ ।

प्रतियोगितामा आठ विधामा प्रतिस्पर्धा हुनेछ । यस्तै, कुल रु १६ लाखबराबरको पुरस्कार प्रदान गरिनेछ । यसैगरी विभिन्न विधामा चार हजारभन्दा बढी धावकको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक समेज राजभण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि प्रतियोगिताका चारवटै संस्करण काठमाडौँमा आयोजना गरिएकामा यसपटक पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ प्रतियोगिता आयोजना गर्न लागिएको हो । पोखराको लेकसाइडस्थित वसुन्धरा पार्कबाट सुरु हुने दौड वसुन्धरा पार्क–हल्लनचोक–खहरे–सेदी–खपौदी–पामे हुँदै पुनः वसुन्धरा पार्कमै आएर टुङ्गिने छ ।

प्रतियोगितामा पुरुष तथा महिला हाफ म्याराथन (२१ किलोमिटर), पुरुष १० किलोमिटर खुला दौड, महिला पाँच किलोमिटर खुला दौड, कक्षा १२ सम्मका विद्यार्थीका लागि युवा दौड, तीन किलोमिटर दौड तथा पुरुष र महिला ह्वीलचेयर दौड गरी आठ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रत्येक विधाका उत्कृष्ट पाँच खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।

हाफ म्याराथनतर्फ महिला तथा पुरुष दुवै विधाका पहिलोदेखि पाँचौँ स्थान हासिल गर्ने खेलाडीले जनही क्रमशः रु एक लाख ५० हजारदेखि रु २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘राइट टु प्रोटिन रन’ प्रोटिन र सन्तुलित पोषणबारे राष्ट्रियस्तरमा जनचेतना फैलाउने अभियानका रूपमा अघि बढाइएको युएस सोयाबिन एक्सपोर्ट काउन्सिलका देशीय निर्देशक डा अशेष भट्टराईले बताउनुभयो ।

“विशेषगरी युवा, विद्यालय तथा विद्यार्थी, खेलाडी, महिला र परिवारमा दैनिक आवश्यक पर्ने प्रोटिनको मात्रा र सुलभ प्रोटिनका स्रोतबारे जानकारी बढाउन यो कार्यक्रम फलदायी हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

यस संस्करणले अण्डा, कुखुराको मासु, माछा, दूध, सोया, पनीर, दाल तथा गेडागुडीजस्ता सुलभ र गुणस्तरीय प्रोटिनका स्रोतबारे जनचेतना अभिवृद्धि गर्नुका साथै शारीरिक सक्रियता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने आयोजकको विश्वास छ ।

नेपालमा शरीरलाई आवश्यक पर्ने प्रोटिनको मात्रा, यसको गुणस्तर र उपलब्ध स्रोतबारे पर्याप्त जनचेतना नभएकाले यस्ता कार्यक्रमले पोषणसम्बन्धी जानकारी विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने डा भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

  • मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

    मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

  • पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

    पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    सुनचाँदीको मूल्य ओरालो

    सुनचाँदीको मूल्य ओरालो

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    विचारः विपद् पूर्वतयारीमा गैरसरकारी संस्था

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution