Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रत्ननगरमा बिना नक्सापास निर्माण सम्पन्न प्रमाणपत्रमा रोक

रासस १७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २, मंगलबार (१ महिना अघि)
रत्ननगरमा बिना नक्सापास निर्माण सम्पन्न प्रमाणपत्रमा रोक

नारायणगढ (चितवन), २ भदौः

चितवनको रत्ननगर नगरपालिकाले बिना नक्सापास निर्माण गरिएका पुराना संरचनाको अभिलेखीकरण तथा नक्सापास गर्ने प्रक्रिया र स्वीकृत मापदण्डविपरीत निर्माण गरिएका संरचनाको निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने कार्य रोक लगाएको छ ।

सहरी विकास मन्त्रालय (भवन निर्माण व्यवस्था सुदृढीकरण समिति) तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र तथा निर्णयअनुसार नगरपालिकाले उक्त प्रक्रिया रोकेको हो । नगरपालिकाले आफ्ना १६ वटै वडा कार्यालयलाई परिपत्र गर्दै यससम्बन्धी सूचना नागरिकसम्म पु¥याउन निर्देशन दिएको नगरपालिकाको भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका इन्जिनियर प्रकाशचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब पुराना नक्सापास नभई निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाको अभिलेखीकरण गरी नक्सापास गर्ने कार्य गरिने छैन । त्यस्तै, नगरपालिकाबाट नक्सापास स्वीकृति लिएर स्वीकृत नक्साभन्दा फरक ढङ्गले संरचना निर्माण गर्ने, थप संरचना बनाउने वा आफूखुसी संरचना अदलबदल गर्ने र पछि त्यसलाई अभिलेखीकरण गरी वैधानिकता दिने प्रक्रिया पनि बन्द गरिएको छ । इन्जिनियर ढुङ्गानाले भन्नुभयो, “नगरपालिकाको अनुमति बेगर आफूखुसी संरचना निर्माण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको हो । अब त्यस्ता संरचनाको अभिलेखीकरण तथा निर्माण सम्पन्न प्रमाणपत्र जारी गरिने छैन ।”

उहाँले भवन निर्माणसम्बन्धी कानुनी मापदण्ड पालना नगरी संरचना निर्माण गर्ने र पछि त्यसलाई अभिलेखीकरणमार्फत कानुनी दायरामा ल्याउने प्रवृत्ति अन्त्य गर्न नगरपालिकाले प्रक्रिया कडाइ गरेको बताउनुभयो । स्वीकृत नक्सा र मापदण्डअनुसार निर्माण गर्नुपर्नेमा त्यसविपरीत निर्माण गरिएका संरचनालाई पछि प्रक्रिया मिलाएर वैधानिकता दिने व्यवस्था अब नरहेको उहाँको भनाइ छ ।

त्यसैगरी, राजमार्गको केन्द्रविन्दुबाट तोकिएको सडक सीमा कायम नगरी निर्माण गरिएका संरचनालाई निर्माण सम्पन्न प्रमाणपत्र जारी नगरिने नगरपालिकाले जनाएको छ । राजमार्गको सडक सीमा सम्बन्धमा प्रचलित कानुन तथा नेपाल सरकारबाट तोकिएको मापदण्डअनुसार संरचना निर्माण गर्नुपर्ने इन्जिनियर ढुङ्गानाले बताउनुभयो ।

नगरपालिकाका अनुसार रत्ननगरमा हाल नक्सापास नभएका तथा पुराना संरचनाको सङ्ख्या पाँचदेखि सात सयको हाराहारीमा रहेको अनुमान छ । नगरपालिकाभित्र करिब २२ हजार घरधुरी तथा भवन रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution