Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

रासस १७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २, मंगलबार (१ महिना अघि)
चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

गोरखा, २ भदौः

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण बनेको छ । गोरखा भूकम्पपछि पहाड खोपेर निर्माण गरिएको उक्त पुल यस वर्षको वर्षायाममा माथिबाट ढुङ्गा खसेपछि क्षतिग्रस्त भएको हो ।

पुल जीर्ण भएपछि चुमनुब्री–६ र वडा नं ७ का बासिन्दालाई आवतजावतमा जोखिम भएको छ । केही दिनअघि पहाडबाट खसेको ठूलो ढुङ्गाले पुलमा क्षति पु¥याएको चुमनुब्री–६ लोक्पाका सेराप गुरुङले जानकारी दिनुभयो ।

चुमनुब्री–६ का कार्यवाहक वडाध्यक्ष ठिले ग्याजो लामाले पुलको छेउका केही जिप भत्किएको र पुललाई आड दिएका ढुङ्गासमेत खसेको बताउनुभयो । उहाँका अनुसार केही दिनअघि पुलको डेक, छेकबार तथा रेलिङमा प्रयोग गरिएको तारजालीमा क्षति पुगेको छ ।

“पहिले पनि बेलाबेलामा ढुङ्गा खस्ने समस्या हुँदै आएको थियो । अब पर्यटक आउने र चाडपर्वको समय सुरु हुन लागेकाले पुल जतिसक्दो छिटो मर्मत गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सदरमुकामबाट टाढा रहेको चुमनुब्री–६ को लोक्पामा निर्माण गरिएको क्यान्टिलिभर पुल वडा नं ६ चुम्लिङ र वडा नं ७ छेकम्पारका बस्तीमा पुग्ने प्रमुख माध्यम हो । समयमै पुल मर्मत नगरे स्थानीयवासीलाई थप समस्या हुने चुम्लिङका गोपाल लामाले बताउनुभयो ।

“पुल नहुने हो भने गाउँपालिकाको केन्द्र फिलिम पुग्न हामीले अर्को बाटो घुमेर एक दिन थप यात्रा गर्नुपर्छ । बिरामी तथा घाइतेलाई झनै समस्या हुन्छ”, उहाँले भन्नुभयो ।

ढुङ्गा खसेपछि चुमनुब्री–७ छेकम्पारको चौँरीखर्क खण्डसमेत जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन् । छेकम्पार पुग्न चौँरीखर्कको भिर हुँदै जानुपर्ने र माथिबाट ढुङ्गा खसिरहँदा बाटोमा लगाइएको तारबारसमेत भत्किएको स्थानीय गोपाल लामाले बताउनुभयो ।

हालै छेकम्पारसँग तिब्बत जोड्ने नाकासमेत खुलेको छ । नाका खुलेपछि स्थानीयले तिब्बततर्फ दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न जाने गरेका छन् । तर, ठाउँठाउँमा बाटो जोखिमपूर्ण बनेकाले आवतजावतमा समस्या भएको लोक्पाका सेराप लामाले बताउनुभयो ।

उहाँले जोखिम मोलेर आवतजावत गर्नुपरेको बताउँदै सडक र पुल समयमै मर्मत नगरे पर्यटकीय मौसममा थप समस्या हुने उल्लेख गर्नुभयो ।

क्यान्टिलिभर पुल मर्मतका लागि चुमनुब्री गाउँपालिकाले बजेट विनियोजन गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँसभाको निर्णयबाट पुल मर्मतका लागि रु १५ लाख विनियोजन गरिएको छ ।

“पुलको अवस्था जोखिमपूर्ण छ । अहिले मानिस र खच्चड जोखिम मोलेर आवतजावत गरिरहेका छन्”, उहाँले भन्नुभयो, “अबको केही दिनभित्रै पुल मर्मतको काम सुरु हुन्छ ।”

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution