Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मरुवा रोगका कारण ३५ प्रतिशतले चैते धानको उत्पादन घट्यो

रासस २१७६ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार (१ महिना अघि)
मरुवा रोगका कारण ३५ प्रतिशतले चैते धानको उत्पादन घट्यो

गोरखा, १ भदौः
जिल्लाको प्रमुख खाद्यबाली चैते धानको उत्पादन यस वर्ष ३५ प्रतिशतले घटेको छ । मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले बताउनुभयो ।
गत वर्ष बाली भित्र्याउने बेला पानी परेको उल्लेख गर्दै उहाँले किसानले यसवर्ष सोही धान बीउका रूपमा प्रयोग गरेकाले धानमा मरुवा रोगको सङ्क्रमण बढेको जानकारी दिनुभयो । गुणस्तरीय धानको बीउ प्रयोग गर्दा मरुवा रोगको सङ्क्रमण कम हुने भन्दै उहाँले पानीमा भिजेको बीउ प्रयोग गरिएकाले समस्या देखिएको बताउनुभयो ।
कृषि प्रसार अधिकृत पौडेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर तीन हजार मेट्रिकटन चैते धान उत्पादन भएको थियो । यो वर्ष भने करिब एक हजार ५०० मेट्रिकटन उत्पादन भएको छ । “जिल्लाभर ७२५ हेक्टरमा चैते धानखेती भएकामा पाँच हजार रोपनीमा मरुवा रोग लागेर पूर्ण रूपमा क्षति भयो, त्यसैले यो वर्ष उत्पादन घटेको हो”, उहाँले भन्नुभयो । मरुवा रोगले चैते धान उत्पादन भएको क्षेत्रमा समेत १५ प्रतिशत क्षति गरेको कृषि प्रसार अधिकृत पौडेलको भनाइ छ ।
चैते धानमा मरुवा रोगको सङ्क्रमण देखिएपछि जिल्लाभर ९८ लाख बराबरको क्षति भएको जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । कार्यालयले गत आव २०८२/८३ मा रु ६७ लाख खर्च गरी चैते धान प्रवर्द्धन कार्यक्रमसमेत सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
“जिल्लाभर ६७ हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन भएको थियो”, प्रमुख तिवारीले भन्नुभयो, “कार्यक्रम सञ्चालन गरेको क्षेत्रफलमध्ये ३० हेक्टरको धानमा मरुवा रोगले ५० प्रतिशतभन्दा बढी क्षति गरेको छ । बाँकीको २७ हेक्टरबाट ९४ मेट्रिकटन उत्पादन भएको छ ।” उहाँका अनुसार मरुवा रोगका कारण चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत करिब १६० मेट्रिकटन धान उत्पादन भएको छ । यसका लागि कार्यालयले ८३० मिटर पक्की कुलो निर्माण गरेर सिँचाइ उपलब्ध गराएको थियो ।
साथै, किसानहरूलाई उन्नत बीउ, हाते ट्याक्टर, ‘स्प्रेटङ्की’, सिँचाइ मोटर, बोरा, त्रिपाल, कुटानीपिसानी उपकरणलगायत सामग्री उपलब्ध गराइएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ । जिल्लाका गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सहिदलखन गाउँपालिका र सिरानचोक गाउँपालिका आसपासका क्षेत्रमा चैते धानखेती हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution