Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मण्डनदेउपुरमा ‘टिबी स्क्रिनिङ’ अभियानः तीन जनामा पहिचान

रासस १३५१ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतबार (१ महिना अघि)
मण्डनदेउपुरमा ‘टिबी स्क्रिनिङ’ अभियानः तीन जनामा पहिचान

काभ्रेपलाञ्चोक, ३१ साउनः

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको ‘टिबी स्क्रिनिङ’ अभियानका क्रममा दुईवटा वडामा तीन जनामा क्षयरोग पहिचान भएको छ । नग स्वास्थ्य शाखाको आयोजना तथा जन्त्र नेपालको प्राविधिक सहयोगमा सञ्चालित अभियानमा स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रमअन्तर्गत दुई वडामा तीन बिरामी पहिचान भएका हुन् ।

मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन स्वास्थ्यचौकीमा शुक्रबार सञ्चालित एनसिडी स्क्रिनिङ तथा एक्स–रेमार्फत टिबी स्क्रिनिङ कार्यक्रममा १२४ सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षणका क्रममा शङ्कास्पद १४ जनाको खकारका नमूना सङ्कलन गरिएकामा दुई जना पुरुषमा सक्रिय क्षयरोग पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

त्यसैगरी, वडा नं १२ स्थित ज्याम्दी स्वास्थ्यचौकीमा बिहीबार सञ्चालित शिविरमा १२१ जनाको छातीको एक्स–रे परीक्षण गरिएको थियो । परीक्षणका क्रममा एक जनामा क्षयरोग पहिचान भएपछि उपचारसमेत सुरु गरिएको नगर स्वास्थ्य शाखाप्रमुख दीपक घिमिरेले बताउनुभयो । उहाँका अनुसार शिविरमा सहभागीमध्ये क्षयरोगको सम्भावना देखिएका थप छ जनाको खकार नमूना सङ्कलन गरिएकामा एक जनामा क्षयरोग पुष्टि भएको हो ।

समुदायमै पुगेर क्षयरोग पहिचान गर्ने र बिरामीलाई समयमै उपचारको पहुँचमा ल्याउने उद्देश्यले टिबी स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको नगरले जनाएको छ । प्रारम्भिक चरणमै रोग पहिचान गर्नसके उपचार प्रभावकारी हुने भएकाले समुदायस्तरमा नियमित स्वास्थ्य परीक्षण र स्क्रिनिङ आवश्यक रहेकाले अभियानका रूपमा लगिएको घिमिरेले बताउनुभयो । नगरद्वारा सञ्चालित उक्त अभियानअन्तर्गत दुई वडास्थित स्वास्थ्यचौकीमा आयोजित कार्यक्रमबाट २४५ जनाको परीक्षण, २० जनाको खकार नमूना सङ्कलन तथा तीन जनामा सक्रिय टिबी बिरामी पहिचान हुनु समुदायस्तरमा गरिने स्क्रिनिङ कार्यक्रमको प्रभावकारिताका रूपमा लिइएको जनाइएको छ ।

स्वास्थ्यकर्मीका अनुसार दुई साताभन्दा बढी समयसम्म लगातार खोकी लाग्ने, खोकीसँगै रगत आउने, ज्वरो आउने, राति अत्यधिक पसिना आउने, तौल घट्दै जाने, भोक कम लाग्ने, छाती दुख्ने तथा शरीरमा कमजोरी महसुस हुनेजस्ता लक्षण क्षयरोगका सम्भावित लक्षण हुन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution