Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण

रासस १६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार (१ महिना अघि)
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण

ताप्लेजुङ, २९ साउनः

ताप्लेजुङका सरोकार भएका निकायका प्रतिनिधिले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरी सडक विस्तारलगायत जिल्लाका विकास निर्माणका विविध विषयमा ध्यानाकर्षण गराएका छन् ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहितको प्रतिनिधिमण्डलले सभापति लामिछानेसँग भेट गरी मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–८ खोक्सेखोलाबाट सुकेटारसम्मको सडक सीमा पुनरावलोकनका लागि पहल गरिदिन आग्रह गरेको हो ।

सडक डिभिजन कार्यालय इलामले गत जेठ १३ गते मेची राजमार्गको सडक सीमाअन्तर्गत सडकको केन्द्रबाट दायाँ–बायाँ १५–१५ मिटरभित्र रहेका संरचना हटाउन सूचना जारी गरेको थियो । त्यसपछि फुङलिङ नगरपालिकाको कार्यालयमा सडक आसपासका बासिन्दासहित छलफल भएको थियो ।

उक्त छलफलको निर्णयमा उल्लेख भएअनुसार २०५४ सालमा सहरी विकास तथा भवन निर्माण कार्यालय स्थापना भएपछि सडकको दायाँ–बायाँ ७.५/७.५ मिटर चौडाइ कायम गरी घरजग्गा खरिद तथा संरचना निर्माण गर्न अनुमति दिइएको थियो । सोहीअनुसार जग्गा खरिद गरी घर तथा अन्य संरचना निर्माण गरेर स्थानीय बासिन्दा बसोबास गर्दै आएको सङ्घका अध्यक्ष थापाले बताउनुभयो ।

विसं २०७२ मा सरकारले मेची राजमार्गको मापदण्ड सडकको केन्द्रदेखि दायाँ–बायाँ १५/१५ मिटर कायम गर्ने निर्णय गरेपछि ती क्षेत्रका जग्गा रोक्का भएका छन् । उहाँका अनुसार जग्गा रोक्का हुँदा आफूहरूले त्यसको उपभोग गर्नबाट वञ्चित हुनुपरेको बजारवासीको गुनासो छ । यस क्षेत्रमा वैकल्पिक सडकसमेत निर्माण भइसकेकाले रोक्का रहेका घरजग्गा फुकुवा गर्न सरकारसँग अनुरोध गर्ने निर्णय यसअघि भएको थियो ।

भेटका क्रममा मेची राजमार्गको सडक सीमा पुनरावलोकनका साथै जिल्लाका विभिन्न विकास निर्माणका विषयमा सभापति लामिछानेलाई जानकारी गराइएको र सकारात्मक प्रतिक्रिया पाइएको रास्वपाका स्थानीय नेता दुर्गा न्यौपानेले बताउनुभयो । सडकका सन्दर्भमा अध्ययन, छलफल हुने सभापति लामिछानेले प्रतिक्रिया दिनुभएको न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution