Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

घटेन म्याग्दीमा अनलाइन ठगीका घटना     

रासस १६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २८, बिहिबार (१ महिना अघि)
घटेन म्याग्दीमा अनलाइन ठगीका घटना     

म्याग्दी, २८ साउनः आफन्तले ‘म्यासेन्जर’मार्फत पठाएको अप्ठ्यारोमा परेको र रु ५० हजार पठाइदिन भनेको देख्नेबित्तिकै बेनीका राजेन्द्र मगर (नाम परिवर्तन)ले क्युआरमा मागेअनुसारको रकम पठाइदिनुभयो । “क्युआरमा रकम पठाएपछि आफन्तलाई फोन गरेर जिज्ञासा राख्दा फेसबुक ह्याक गरेर अर्कैले पैसा मागेको थाहा भयो,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा आएको सन्देशको पुष्टि नगरी हतारमा पठाएको पैसा गुम्यो ।”

अन्नपूर्ण गाउँपालिकाका सन्देश रोका (नाम परिवर्तन)ले सामाजिक सञ्जालमा देखेको भरमा ‘आइफोन’ किन्नका लागि भनेर रु दुई लाख ‘क्युआर’ पठाइदिनुभयो । “पैसा पठाएपछि विज्ञापनमा भएको सम्पर्क नम्बर स्विच अफ भयो, ‘पेजनै डिएक्टीभ गरिदियो’,” उहाँले भन्नुभयो, “भएको पैसा पनि गयो, आइफोन प्रयोग गर्ने मेरो सपनालाई ठगले चकनाचुर बनाइदियो ।”

बेनी बजारकै सीता कार्की (नाम) परिवर्तनले रु छ सय मूल्य पर्ने कपडा अनलाइन माध्यमबाट खरिद गर्नुभयो । “हेर्दा राम्रो र आकर्षक देखेपछि ‘अर्डर’ गर्दा पठाएको पैसा आएन भनेर फोन गरेपछि मैले उसले मागेअनुसारको नम्बर र विवरण दिए,” उहाँले भन्नुभयो, “बोल्दाबोल्दै मेरो फोन बन्द भयो, खातामा भएको रु तीन लाखसबै रित्ताइदिएछ ।”

ठगिएको रकम फिर्ता माग गरेर बेनीका सीता, राजेन्द्र र अन्नपूर्णका सन्देशले जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्ष २०८२÷०८३ को विभिन्न मितिमा उजुरी गरे पनि रकम फिर्ता पाउन सक्नुभएन । अनलाइन माध्यमबाट हुने ठगी अपराधको नयाँ रुपमा देखा परेको छ ।

एक वर्षमा रु ८४ लाख गुमाए

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार आर्थिक वर्ष २०८२÷०८३ का कार्यालयमा अनलाइन माध्यमबाट ठगीमा परेका ८४ र ‘फेक आइडी’ बनाएर ठगी भएकासम्बन्धी २१ वटा उजुरी परेका छन् । उजुरीकर्ताहरुले रु ८४ लाख ३५ हजार पाँच सय १० ठगी भएको उजुरी परेकोमा रु १२ लाख ३५ हजार सात सय २० मात्र फिर्ता गराउन सकिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो ।

“गत आर्थिक वर्षअघि अनलाइन ठगीको छुट्टै अभिलेख राख्ने गरेका थिएनाँै, उजुरीको सङ्ख्या बढ्दै गएपछि सूचना प्रविधि शाखानै बनाएर अनुसन्धान गर्न थालिएको छ,” उहाँले भन्नुभयो, “अनलाइन ठगीसम्बन्धी गत वर्ष दुई वटा उजुरीको मात्रै अनुसन्धान गरी संलग्नलाई पहिचान तथा पक्राउ गरी मुद्दा चलाएका छाँै ।” चालु आर्थिक वर्षको चार हप्ताको अवधिमा परेका सात वटा उजुरीकर्ताले रु पाँच लाख १२ हजार एक सय ६० अनलाइन माध्यमबाट ठगिएको जानकारी गराएका छन् ।

सामान किनबेचका क्रममा भएको ठगीका उजुरी धेरै

गत वर्षका अधिकांश अनलाइन ठगीसम्बन्धी परेका उजुरीमध्ये ६० वटा उजुरीकर्ताले सामान किन्ने क्रममा ठगी भएको जनाएका छन् । ‘अनलाइन सपिङ’, विदेश पठाइदिने प्रलोभन, चिट्ठा, खेल र विदेशबाट पारसाल (सामान) पठाइदिन्छु भनेर ठगी भएका उजुरी आधाभन्दा बढी रहेका प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो । एक जना व्यक्तिले अनलाइन ठगीमा परेर न्यूनतम रु एक हजारदेखि अधिकतम रु सात लाख ४८ हजारसम्म गुमाएका छन् ।

अनलाइन ठगीले प्रहरी कार्यालयमा फाइलको चाङ बढाएको छ । प्रहरीका अनुसार अनलाइन ठगी बढ्दो छ । कसैलाई सस्तो सामानको प्रलोभन देखाइन्छ, कसैको ‘फेसबुक’ ह्याक गरेर आफन्तसँग पैसा मागिन्छ, कसैलाई अन्तरराष्ट्रिय ‘लट्री, गिफ्ट’, ऋण वा ‘अनलाइन गेमिङ’ र ‘बेटिङ एप’मा विभिन्न प्रलोभनमा पारेर फसाउने गरेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो ।

यसमा मुख्य लक्षित समूह १८–३५ वर्षका युवा हुन्, जसले सामाजिक सञ्जालमा बढी समय बिताउँछन् र छिटो फाइदा हुने लोभमा पर्छन् । ठगिनेमा पुरुषको तुलनामा महिला बढी रहेका छन् ।

अनलाइन ठगीबाट कसरी बच्ने ?

नेपाल बैंक लिमिटेड बेनी शाखाका सहायक प्रबन्धक समेत रहेका म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक विकास आचार्यले प्रविधिको प्रयोग गर्न नचान्ने र प्रलोभनमा पार्न सकिने लक्षित समुदायलाई पहिचान गरेर ठगी गरेको देखिने बताउनुभयो । “प्रविधिको आफैँमा दोष छैन, यसको दुरुपयोग गर्नेको चलाखी र लोभमा पर्ने युवाको मानसिकता मुख्य कारण हो,” उहाँले भन्नुभयो, “समुदायस्तरसम्म अनलाइन ठगीबाट बच्नका लागि सचेतना फैलाउन आवश्यक छ ।”

प्रहरीले अनलाइन अपराध न्यूनीकरणका लागि विद्यालय, क्याम्पस र टोलस्तरमा साइबर सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । अज्ञात लिङ्ब नखोल्ने, आधिकारिक वेबसाइट वा कम्पनीसँग मात्र कारोबार गर्ने, रकम पठाउनुअघि प्रमाण खोज्ने र व्यक्तिगत विवरण बाँड्दा सावधानी अपनाउने हो भने अनलाइन ठगीबाट जोगिन सकिने प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution