
काठमाडौँ, २६ साउनः
निर्वाचन आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ ।
कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिकालगायतका विषयमा छलफल भएको हो ।
आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार नवनियुक्त प्रमुख आयुक्त कार्की, आयुक्तद्वय गुरूप्रसाद वाग्ले र डा राजीव सुब्बालाई बधाई दिँदै महानिरीक्षक कार्कीले कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । महानिरीक्षक कार्कीले विद्यमान कानुन र आयोगको निर्देशनमा रही निर्वाचन सुरक्षाका सम्बन्धमा आफ्नो सङ्गठनको निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव कटिबद्ध रहने स्पष्ट गर्नुभयो ।
यही साउन १४ गते प्रमुख आयुक्त र आयुक्तद्वयले पदबहाली गर्नुभएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |