Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मानव अधिकार संरक्षणमा सबैको सहयोग आवश्यकः सभामुख यादव   

रासस २०७६ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलबार (१ महिना अघि)
मानव अधिकार संरक्षणमा सबैको सहयोग आवश्यकः सभामुख यादव   

जनकपुरधाम, २६ साउनः

मधेस प्रदेशका सभामुख रामआशिष यादवले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि राज्य, नागरिक समाज र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषद्वारा आयोजित ३४ औँ प्रकाश स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा सभामुख यादवले मानव अधिकारको रक्षाका लागि समाजका सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो ।

संस्थागत प्रयासले मानव अधिकारकर्मीलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले यसले मानव अधिकार उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न प्रेरणा मिल्ने बताउनुभयो ।

कार्यक्रममा सभामुख यादवले यस वर्षको वैद्य–प्रकाश मानवअधिकार पुरस्कार–२०८३ मानवअधिकारकर्मी राजु पासवानलाई प्रदान गर्नुभयो । पासवानलाई रु ११ हजार ५०० नगद, सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभयो ।

सप्तरीको शम्भुनाथ नगरपालिका–१ क्चनदाहा निवासी ४८ वर्षीय पासवान अनौपचारिक सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक हुनुहुन्छ ।

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषका संस्थापक एवं अध्यक्ष वैद्यनाथ झाले

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट प्राप्त रु ५० हजारको प्रकाश मानव अधिकार पुरस्कारबाट वैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोष स्थापना गरिएको हो ।

सो पुरस्कार २०६७ सालदेखि प्रत्येक वर्ष मानव अधिकार, नागरिक आन्दोलन र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको छ ।

सो अवसरमा सातौँ उर्मिला देवी झा स्मृति मैथिली लोकगीत गायन पुरस्कार–२०८३ बाट शीमला देवी झा सम्मानित हुनुभयो । झालाई नगद रु दुई हजार ५००, प्रमाणपत्र र दोसल्ला प्रदानसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

  • बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

  • चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बाढीले बगाएको गैँडा सुस्ता पुग्यो

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    बनेपामा जालुद्यो जात्रा सम्पन्न

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution