Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र

रासस १६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलबार (१ महिना अघि)
बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र

बाजुरा, २६ साउनः

बाजुराको बूढीगङ्गा नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण सम्पन्न गर्ने म्याद सकिएको लामो समय बितिसक्दा पनि अस्पतालको भवन निर्माणले गति लिन सकेको छैन ।

नगरपालिकाले २०७८ कात्तिक २२ गते स्काई निशान अधिकारी जेभीसँग रु १८ करोड ८४ लाख ९४ हजार ८६० मा अस्पताल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार २०८० भदौ २० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । तोकिएको समय सकिएको लामो समय बितिसक्दा पनि हालसम्म १० प्रतिशतभन्दा कम मात्र काम भएको नगरपालिकाका प्राविधिकले बताएका छन् ।

निर्माण कम्पनीलाई पटकपटक म्याद थप गरिए पनि काममा अपेक्षित प्रगति हुन सकेको छैन । कम्पनीले रु दुई करोड ६० लाख पेस्की र काम गरेबापत रु एक करोड १८ लाख गरी हालसम्म रु तीन करोड ७८ लाख भुक्तानी लिएको छ । तर त्यसअनुसारको भौतिक प्रगति हुन नसकेको नगरपालिकाका प्राविधिकको भनाइ छ ।

अस्पताल निर्माण भइरहेको स्थान भौगोलिक रूपमा भिरालो र पहिरोको जोखिममा रहेको भन्दै स्थानीयवासीले सुरुदेखि नै विरोध गर्दै आएका थिए । अस्पताल निर्माणस्थलको माथिल्लो भागमा रहेका चार परिवारसमेत विस्थापित भएका छन् ।

अस्पतालको जग खन्ने क्रममा माथिल्लो भागमा पहिरोको जोखिम बढेपछि चार परिवारलाई विस्थापित गर्नुपरेको नगरप्रमुख रामबहादुर बानियाँले बताउनुभयो । उहाँका अनुसार अस्पताल निर्माणका लागि करिब ५० मिटर चौडाइ र १०० मिटर लम्बाइको जग्गा आवश्यकपर्ने भए पनि छनोट गरिएको स्थान भिरालो र जोखिमपूर्ण छ ।

“यो ठाउँमा अस्पताल बनाउन हुँदैन, उपयुक्त स्थान खोज्नुपर्छ” भन्ने प्रस्ताव आफू नगरप्रमुख भएपछि बसेको पहिलो कार्यपालिका बैठकमै राखेको नगरप्रमुख बानियाँले बताउनुभयो ।

निर्माण कम्पनीलाई सहज वातावरण बनाउन नगरपालिकाले डोजर र टिपरसहित आवश्यक सहयोग उपलब्ध गराए पनि कम्पनीले नगरपालिकालाई तिर्नुपर्ने करिब रु १८ लाख अझै नतिरेको नगरप्रमुख बानियाँले बताउनुभयो । पटकपटक ताकेता गर्दै निर्माणको म्यादसमेत थप गरिएको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो पटक रु ३६ लाख भुक्तानी लिएपछि निर्माण कम्पनीले २०८३ साल मङ्सिर मसान्तभित्र काम सम्पन्न गर्ने लिखित कार्ययोजना नगरपालिकालाई बुझाएको थियो । तर, रकम लिएपछि मुख्य ठेकेदार निशान कम्पनीका प्रतिनिधि सम्पर्कविहीन भएको नगरप्रमुख बानियाँले बताउनुभयो ।

स्वास्थ्यकर्मी दीपक शाहका अनुसार निर्माण कम्पनीले रु तीन करोडभन्दा बढी भुक्तानी लिइसके पनि अस्पताल निर्माणको अवस्था अत्यन्त कमजोर छ । भवन निर्माणको काम छिटो अघि बढाउन नगरपालिकालाई पटकपटक आग्रह गरे पनि अपेक्षित प्रगति हुन नसकेको उहाँले बताउनुभयो ।

बूढीगङ्गासँगै ‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण सुरु भएका जिल्लाका गौमुल र जगन्नाथ गाउँपालिकाका अस्पताल भने निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution