
काठमाडौँ, २५ साउनः सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यही साउन ५ गते निर्वाचित उक्त पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आज अल्पकालीन अन्तरिम आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “यही साउन ५ गते निर्वाचितहरूलाई पदमुक्त गर्ने गरी नेपाल स्काउटको प्रमुखबाट भएको निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ ।”
स्काउटका निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय रोक्न रवि खनालसमेतले रिट निवेदन दायर गर्नुभएको थियोे । स्काउटको राष्ट्रिय परिषद् तथा प्रदेश परिषद्का विभिन्न पदमा चार वर्षका लागि निर्वाचित भएकाले बीचमा हटाउन नमिल्ने रिट निवेदनमा उल्लेख छ । अदालतले दुवै पक्षलाई आगामी भदौ ३ गतेका लागि छलफलमा बोलाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |