Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

रासस २०२६ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २३, शनिबार (१ महिना अघि)
बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली (तनहुँ), २३ साउनः

सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन । तर, जिल्ला प्रशासन कार्यालय तनहुँले भने राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै बिदाको दिनसमेत कार्यालय खोलेर सेवा दिन थालेको छ ।

नियमित कार्यालय समयमा विद्यालय, कलेज तथा अन्य काममा व्यस्त हुने सेवाग्राहीका लागि बिदाको दिन सेवा दिँदा सहज हुने भएकाले यसलाई कार्यान्वयन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

व्यास नगरपालिका-२ निवासी अपेक्षा सुनारले बिदाको दिन सेवा लिन पाउँदा आफू प्रत्यक्ष लाभ लिने सेवाग्राहीमध्ये एक भएको बताउनुभयो । सत्यवती माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत उहाँलाई विद्यालय सञ्चालन हुने दिन प्रशासन कार्यालय पुगेर राष्ट्रिय परिचयपत्र बनाउन समस्या थियो । विद्यालयको पढाइ प्रभावित हुने भएकाले उहाँले बिदाको दिनको फाइदा लिनुभएको छ ।

प्रशासन कार्यालयले शनिबार र आइतबार राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिएकाले बिदाको दिन कार्यालय पुगेर उहाँले आफ्नो परिचयपत्रका लागि आवश्यक प्रक्रिया पूरा गर्नुभएको छ । “अरू दिन विद्यालय जानुपर्छ । बिदाको दिन कार्यालय खुलेर सेवा दिएपछि धेरै सहज भयो”, उहाँले भन्नुभयो ।

सुनारको जस्तै समस्या धेरै विद्यार्थी तथा नियमित कार्यालय समयमा व्यस्त रहने सेवाग्राहीको छ । राष्ट्रिय परिचयपत्र अहिले विभिन्न सरकारी सेवा, राहदानीलगायत काममा आवश्यक पर्ने महत्त्वपूर्ण कागजपत्र बन्दै गएपछि यसको आवश्यकता बढेको छ । सोही कारणले जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको छ ।

राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई सहज बनाउन सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार र आइतबार बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म सेवा प्रदान गरिँदै आइएको छ ।

उहाँका अनुसार कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएपछि नियमित कार्यदिनमा मात्रै सेवा दिँदा धेरै सेवाग्राहीले समय व्यवस्थापन गर्न समस्या भोग्नुपर्ने अवस्था आएपछि बिदाको दिनसमेत सेवा सञ्चालन गरिएको हो ।

विशेषगरी विद्यार्थी, निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायी तथा नियमित कार्यालय समयमा आफ्नो काममा व्यस्त रहने नागरिकका लागि बिदाको दिनको सेवा प्रभावकारी हुने प्रशासनको अपेक्षा छ । कार्यालयले सेवाग्राहीको भीडलाई व्यवस्थित बनाउन टोकन प्रणालीलाई प्राथमिकता दिएको छ ।

यसैबीच, सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले सेवाग्राहीलाई तोकिएको मितिमा कार्यालयबाट टोकन लिएर आफ्नो पालोअनुसार सेवा लिन आग्रह गर्नुभयो । यसले एकैपटक ठूलो सङ्ख्यामा सेवाग्राही कार्यालयमा जम्मा हुँदा उत्पन्न हुने भीड कम गर्नुका साथै सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

  • शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

  • गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

  • ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेटशिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    गुणस्तरीय समावेशी शिक्षाका लागि कानुनी तथा नीतिगत सुधारमा सांसदको जोड

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution