
काठमाडौँ, साउन २३ः
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र विकासका सवालमा लोकतन्त्रवादी र संविधानका पक्षधर शक्तिहरू मिल्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँ क्षेत्र नं. ६ स्थित नेकपा (एमाले) तारकेश्वर नगर कमिटीद्वारा आज आयोजित कार्यक्रममा जनताको विश्वास जित्न जनप्रिय हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीले जनतासँगको सम्बन्ध सुधारका लागि जागरण अभियान सञ्चालन गरेकाले जनसङ्गठनलाई परिचालित गरिएको जनाउनुभयो ।
“हामीले जनताको बहुदलीय जनवादको आधारमा आफ्ना नीतिप्रति जनतालाई विश्वास जिताउने र जनताको चाहनाको सापेक्षतामा प्रस्तुत हुनुपर्छ ।”, महासचिव पोखरेलले भन्नुभयो, “परम्परागत कम्युनिष्ट आन्दोलनको विचारधाराबाट चलेर अब हुँदैन । माक्र्सवादलाई सृजनात्मक प्रयोग गर्दै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न नयाँ पुस्तालाई जोडेर जान सक्नुपर्छ ।” आफूहरूले विगतमा सरकार सञ्चालन गर्दा आर्थिक र सामाजिक विकासलाई महत्त्व दिए पनि युवालाई देशभित्र रोजगारी दिन नसक्दा असन्तोष बढेको आत्मसाथ गर्नुपर्ने उहाँको भनाइ छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |