
भोजपुर, २३ साउनः
भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा रु १० करोड लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन, सङ्कलनस्थल, ग्रेडिङ (वर्गीकरण) तथा प्राथमिक प्रशोधनका आवश्यक संरचना निर्माण हुने छन् । केन्द्र निर्माणको पाँच प्रतिशत लागत पालिकाले व्यहोर्ने छ । केन्द्रको निर्माण चालु आर्थिक वर्षभित्रै प्रारम्भ गर्ने लक्ष्य छ ।
केन्द्र निर्माणपछि कृषिमा आधारित उद्यम विकासका साथै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गरेर रोजगारीका अवसर बढाउने गाउँपालिकाको लक्ष्य छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |