Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ज्वालामुखी गाउँपालिका

ज्वालामुखीको नीति तथा कार्यक्रम : मृत्यु संस्कार खर्चदेखि डिजिटल शिक्षा र १५ शैयाको अस्पताल सञ्चालनसम्म

५७ करोड ९० लाख ५२ हजार २ सय रुपैयाँको बजेट पारित
प्रत्यूष ४५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ७, आईतबार (५ महिना अघि)
ज्वालामुखीको नीति तथा कार्यक्रम : मृत्यु संस्कार खर्चदेखि डिजिटल शिक्षा र १५ शैयाको अस्पताल सञ्चालनसम्म

धादिङबेशी, ७ असार । धादिङको ज्वालामूखी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ९० लाख ५२ हजार २ सय रुपैयाँको बजेट, नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरेको छ।

गाउँसभाको १७ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष यामनाथ दनैले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष धर्मबहादुर अर्यालले बजेट, आर्थिक ऐन र विनियोजन ऐन पेश गर्नुभएको थियो। गाउँसभाले ती प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

पारित बजेटमध्ये चालुतर्फ ४३ करोड ७५ लाख २ हजार २ सय रुपैयाँ र पुँजीगततर्फ १४ करोड १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। क्षेत्रगत रूपमा पूर्वाधार विकासमा सबैभन्दा बढी १४ करोड १५ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। सामाजिक विकासतर्फ ५ करोड १० लाख २३ हजार २ सय रुपैयाँ, कार्य सञ्चालन तथा प्रशासनतर्फ ८ करोड १५ लाख ७९ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ९९ लाख ५० हजार रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ५६ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम अघि सारेको जनाएको छ। स्वास्थ्यतर्फ १५ शय्याको आधारभूत अस्पताल सञ्चालन, गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा, जटिल रोगका बिरामीलाई उपचार सहयोग र सुत्केरी पोषण कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ। शिक्षातर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार, सूचना प्रविधि र कृत्रिम बौद्धिकतासम्बन्धी शिक्षक तालिम, विद्यार्थी दुर्घटना बीमा तथा ‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई व्यवस्थित गरिने नीति लिइएको छ।

कृषितर्फ भूमि बैंक, करार खेती, चक्लाबन्दी खेती तथा स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रम समेटिएका छन्। गाउँपालिकाले सुशासन र कर्मचारी उत्प्रेरणासम्बन्धी केही कार्यक्रम पनि अघि सारेको जनाएको छ। गाउँसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेका १९ जनालाई सम्मानसमेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • Post Thumbnail

    वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

  • Post Thumbnail

    मजदुरीबाट सिकेको सीपबाट उद्यमी बनेका मेघबहादुर

  • पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

  • Post Thumbnail

    पर्यटक आगमनमा वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

    गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

    Post Thumbnail

    प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

    Post Thumbnail

    अपी हिमालः जहाँ प्रकृति बोल्छ

    Post Thumbnail

    गण्डकी परिक्रमा महोत्सव आजदेखि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution