
धादिङबेशी,३१ बैशाख । धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ मा बालमैत्री वडा घोषणा अभियान अन्तर्गत पूरा गर्नुपर्ने ५१ वटा सूचक कार्यान्वयनका लागि सरोकारवालाको भूमिका, उत्तरदायित्व तथा समन्वय सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा बालमैत्री शासन सहजकर्ता प्रशिक्षक दामोदर अर्याल तथा नीलकण्ठ नगरपालिकाका स्थानीय बालमैत्री शासन सहजकर्ता सुवास खतिवडाले बालमैत्री वडा घोषणाका लागि आवश्यक सूचक, कार्ययोजना र सरोकारवालाबीचको सहकार्यबारे सहजीकरण गरेका थिए ।
कार्यक्रममा वडा बाल अधिकार समिति, वडा बालमैत्री समन्वय समिति, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, वडा बाल सञ्जाल, पत्रकार, समाजसेवी, बुद्धिजीवी, महिला समूह, दामगाडे प्रहरी चौकीका प्रहरी प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा बाल सहभागितासम्बन्धी सूचक प्रभावकारी रूपमा पूरा गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रम वडा अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |