धादिङबेसी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ जिल्लामा तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमध्ये १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील सूचीमा परेका छन् ।
जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार जिल्लामा कूल ११४ मतदान स्थल र ३१० मतदान केन्द्र कायम गरिएका छन् । तीमध्ये सुरक्षा जोखिमको मूल्याङ्कनका आधारमा ठूलो संख्यामा मतदान स्थल तथा केन्द्रलाई अति संवेदनशील वर्गमा राखिएको हो ।यसैगरी ६ मतदान स्थल र २१ मतदान केन्द्रलाई संवेदनशील क्षेत्र घोषणा गरिएको छ । भौगोलिक विकटता, विगतमा भएका गतिविधि तथा सम्भावित सुरक्षा चुनौतीलाई आधार मानी उक्त वर्गीकरण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अति संवेदनशील क्षेत्रहरूमा निर्वाचन कार्य सहज, सुरक्षित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सुरक्षाको प्रत्याभूति सहित आवश्यक सबै तयारी गरिएको जनाइएको छ । सुरक्षा निकायको विशेष परिचालन, निगरानी व्यवस्था र समन्वयलाई प्रभावकारी बनाइएको कार्यालयको भनाइ छ ।
कूल मतदान केन्द्रमध्ये १ केन्द्र भएका १४ स्थल, २ केन्द्र भएका ६० स्थल, ३ केन्द्र भएका १४३ स्थल, ४ केन्द्र भएका ३७ स्थल तथा ५ केन्द्र भएका ५ स्थल रहेका छन् । मतदाताको संख्या, भौगोलिक अवस्था, पहुँच तथा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मतदान स्थल र मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयले स्पष्ट पारेको छ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।





प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |