Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

प्रत्यूष ३४ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ १३, मंगलबार (१ घण्टा अघि)
धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

धादिङबेशी ।  धादिङमा आसन्न निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता तथा तयारीका विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सोमबार धादिङबेँसीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित उक्त कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माको अध्यक्षतामा जिल्लाका सञ्चारकर्मीहरूसँग निर्वाचन आचारसंहिता र निर्वाचन तयारीबारे विस्तृत छलफल गरिएको हो।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शर्माले मतदानको समय अब ३८ दिन मात्र बाँकी रहेको उल्लेख गर्दै निर्वाचन कार्यालयका तर्फबाट आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिनुभयो। उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। साना सूचनाले समेत ठूलो प्रभाव पार्न सक्ने भएकाले निर्वाचन आयोगले आचारसंहिता जारी गरेको स्पष्ट पार्दै त्यसको पालना सबैका लागि अनिवार्य रहेको उहाँको भनाइ थियो। आचारसंहिताबारे जनप्रतिनिधि, राजनीतिक दल, कार्यकर्ता र सर्वसाधारणमा पर्याप्त जानकारी नहुँदा उल्लङ्घन हुने गरेको उल्लेख गर्दै मिडियामार्फत सचेतनामूलक सूचना प्रवाह आवश्यक रहेको उहाँले जोड दिनुभयो।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गर्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। उहाँले कर्मचारी परिचालन, सुरक्षा, मतदाता शिक्षा, राजनीतिक दल, पत्रकार तथा निर्वाचन अधिकारीसँगको समन्वयात्मक कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेको बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले निर्वाचन सुरक्षाका लागि आवश्यक सुरक्षा रणनीति तयार भइसकेको जानकारी दिनुभयो। मतदान अघिदेखि मतगणना सम्पन्न नहुँदासम्म शान्ति–सुरक्षा कायम गर्न सुरक्षाकर्मी परिचालन गरिने बताउँदै उहाँले आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरिने विश्वास व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीले निर्वाचन कार्यालयबाट अधिकतम सूचना प्रवाह भएमा निर्वाचन प्रक्रिया थप पारदर्शी, स्वच्छ र निष्पक्ष हुने उल्लेख गर्दै सूचना प्रवाहमा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो।कार्यक्रममा सहभागी पत्रकारहरूले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचन कार्यालय, प्रशासन र प्रहरीबाट आवश्यक सहजीकरण हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सुरक्षा निकायका प्रमुख, निर्वाचन अधिकारी तथा जिल्लाका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

  • धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

  • पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

    पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

  • दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

    दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १३ गते मंगलबार

    २०८२ माघ १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

    पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution