Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नयाँ गठबन्धन कम्युनिष्ट एकताको आधार बन्ने विश्वास : अग्निप्रसाद सापकोटा

३०९० पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २१, सोमबार (२ साल अघि)
नयाँ गठबन्धन कम्युनिष्ट एकताको आधार बन्ने विश्वास : अग्निप्रसाद सापकोटा

धुलिखेल, २१ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इञ्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको बताउनुभएको छ ।

सहिद सप्ताहको अन्तिम दिन देशको राजनीतिक अवस्थाले कोल्टे फेरेको र आज बनेको नयाँ गठबन्धनले केही वर्षअघिको बृहत्तर राजनीतिक एकताको प्रयासलाई सार्थक पार्ने आधार बनाउने विश्वास व्यक्त गर्नुभयो ।

“पहिला कम्युनिष्ट पार्टीको एकता भएपनि त्यसलाई रक्षा गर्न सकिएको थिएन अहिले त्यसबेलाको अवस्थाको गम्भीर समीक्षासहित अगाडि बढ्न तथा एकतालाई अटुट राख्न सहयोग पुग्नेछ,” नेकपा (माओवादी केन्द्र)का जनवर्गीय सङ्गठन तथा मोर्चाले संयुक्त रूपमा आयोजनामा काभ्रेपलाञ्चोकको बनेपामा आज भएको ‘सहिद परिवार सम्मान तथा व्यवस्था परिवर्तनमा बलिदानको महत्व’ विषयको छलफलमा भन्नुभयो ।

संविधानको प्रस्तावनामा उल्लेख भएको लोकतान्त्रिक गणत्रन्तात्मक समाजवाद उन्मुख राज्यव्यवस्थालाई आजको नयाँ गठबन्धनलाई ‘कोर्स करेक्सन’ भन्दै उहाँले त्यस दिशातर्फ अगाडि बढ्ने आधार तयार भएको बताउनुयो ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका अध्यक्ष एवं प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले आफन्तजनहरु गुमाएर अहिलेको व्यवस्था प्राप्त गरेको उल्लेख गर्दै सहिद परिवारलाई विचलित नहुन आग्रह गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का काभ्रे जिल्ला संयोजक भोला अर्यालले सहिदको सपना पूरा गर्नेभन्दा पनि आफ्नो सपना पूरा गर्नेतफए नेताहरू लागेका आरोप लगाउनुभयो । सहिद परिवारका सदस्य राजकुमार तामाङले अहिलेको परिवर्तन सहिदहरुको बलिदानीबाट भएको बताउँदै सहिद परिवारको भावनालाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।

माओवादी केन्द्रले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

    पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

  • बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

    बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

  • माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन

    माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन

  • डोको बुन्दै, सीप सिकाउँदै

    डोको बुन्दै, सीप सिकाउँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

    पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

    बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

    बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

    माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन

    माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन

    Post Thumbnail

    व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution