Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन ४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’

रासस २१९ पटक पढिएको प्रकाशित मिति: २०८० माघ ४, बिहिबार (१ साल अघि)
‘ऊर्जा उत्पादनबाटै व्यापार घाटा घटाउन र समृद्धिको आधार निर्माण गर्न सकिन्छ’

काठमाडौँ, ४ माघ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रको सार्थक पहलबाट मात्रै मुलुकको ऊर्जा क्षेत्रले फड्को मार्नसक्ने बताउनुभयो । देशभित्र बिजुलीको खपत बढाउनुपर्नेमा जोड दिँदै उहाँले बचेको बिजुली बेचे व्यापारघाटा कम गर्न सरकार लागेको बताउनुभयो ।

ऊर्जा क्षेत्रमा लगानीका लागि सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनताको आर्थिक समृद्धिको चाहना साकार पार्न वर्तमान सरकार क्रियाशील छ भन्नुभयो । उहाँले भन्नुभयो, “आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन सरकारका प्रमुख प्राथमिकता हुन् । ”

आगामी वैशाखमा लगानी सम्मेलन आयोजना हुन लागेको जानकारी दिँदै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र््याउन कानुनी, संरचनागत सुधारका लागि सम्बन्धित निकायसँग छलफल गरेर निष्कर्षमा पुर्याइने बताउनुभयो । भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति भएको भए पनि आन्तरिक खपत वृद्धि गर्ने विषय नै प्रमुख प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको ६० प्रतिशत योगदान रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रको साझेदारीमा मात्र समृद्ध नेपाल निर्माणको सङ्कल्प पूरा हुने बताउनुभयो । निजी क्षेत्रले अगाडि सारेका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको र जायज विषयलाई सम्मान गर्दै अगाडि बढेको उहाँले स्पष्ट पार्नुभयो ।

पछिल्लो एक दशकमा आठ सय मेगावाट क्षमताबाट तीन हजार मेगावाट बिजुली उत्पादन हुन थालेको तथा ९८ प्रतिशत घरमा विद्युत् सेवा पुगेको तथ्य पेस गर्नुभयो । वर्षायाम र सुक्खायामका बीचमा ऊर्जा उत्पादनमा रहेको अन्तर पूरा गर्न आजैदेखि नयाँ ढङ्गले सोच्नुपर्ने उहाँले हबताउनुभयो ।

मन्त्री बस्नेतले निर्माणाधीन आयोजनालाई शीघ्ररूपमा सम्पन्न गर्ने वातावरण बनाउनैपर्ने, जलाशयुक्त आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने र ऊर्जा मिश्रण अवधारणालाई सँगसँगै अगाडि बढाइने छ बताउनुभयो । सरकारले ऊर्जा क्षेत्रलाई पूर्वाधारको रूपमा मात्रै नहेरेको बताउँदै उहाँले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाइ स्वीकार गरिएकाले निश्चिन्त भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

मन्त्री बस्नेतले निजी क्षेत्रलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै भन्नुभयो, “उत्पादन अनुमतिपत्र लिइसकेपछि १० वर्षभन्दा बढी समय उल्लेख्यरूपमा काम किन हुन सकेन, म तपाईँहरूको ध्यानाकर्षण गराउँछु । म इपानको जिम्मेवारीपूर्ण पहलका लागि आग्रह गर्दछु ।” उहाँले विद्युत् खरिद सम्झौता ९पिपीए०का विषयमा धेरै चिन्ता नगर्न आग्रह गर्दै भन्नुभयो, “तपाईँहरू यति काम गर्छौँ भनेर आउनुस् ।

तपाईँहरूको ठाउँबाट गर्नुपर्ने काम पूरा गरेर आउनुस् । मन्त्रालयको तर्फबाट सहजीकरण गर्ने वातावरण बन्छ । निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार तयार छाँै ।” इपानका अध्यक्ष गणेश कार्कीले मुलुकको ऊर्जा क्षेत्र सकारात्मकरूपमा अगाडि बढेको उल्लेख गर्दै विद्युत् खरिद सम्झौता लगायतका माग सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले ऊर्जा क्षेत्रका सुरक्षा चुनौती सम्बोधन गरिदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन  सडक अवरुद्ध

    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • बजेट अभावमा अलपत्र अस्पताल

    बजेट अभावमा अलपत्र अस्पताल

  • ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

  • बजार झरे लेकाली भेडाच्याङ्ग्रा

    बजार झरे लेकाली भेडाच्याङ्ग्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज ३ गते शुक्रबार

    २०८२ असोज ३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन  सडक अवरुद्ध

    तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    बजेट अभावमा अलपत्र अस्पताल

    बजेट अभावमा अलपत्र अस्पताल

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    ‘जीर्ण आयोजनाका ठेक्का तोडिने’

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी संशोधित सूचना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution