
धादिङबेशी, २३ कात्तिक। शहीद मेमोरियल अस्पतालले अव गुणस्तरीय सेवामा जोड दिनुपर्ने नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले बताउनु भएको छ । शनिबार धादिङबेशीमा शहीद मेमोरियल अस्पताल धादिङ प्रा.लि.को १९ औँ बार्षिक साधारण सभा तथा शहीद मेमोरियल प्राबिधिक शिक्षालय १३ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
नाफामुलक र सेवामुलक दुवै उदेश्य बोकेको संस्थाले सेवामुलक मात्र कार्य गर्नु प्रशंसनीय रहेको र आगामी दिनमा अस्पतालले धादिङबासीको मन जित्नुपर्ने धारणा राख्नुभएको थियो ।
शनिबार नेपाल नगरपालिका महासंघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका पुर्व सांसद डा।रामकुमार अधिकारीको बिशेष आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभामा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङका प्रमुख अमुल्य दाहाल,सामुदायीक आँखा केन्द्र धादिङका प्रमुख सुपेन्द्र ताम्राकार,मानव अधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारी,नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका मन्त्री नेम बहादुर श्रेष्ठ,अस्पतालका संस्थापक अध्यक्ष बिनोदमान श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।
साधारण सभामा सचिव बालकृष्ण नेपाली द्धारा प्रस्तत प्रगती तथा प्रस्तावित कार्यक्रम,कोषाध्यक्ष बद्री अधिकारीले प्रस्तुत आर्थिक प्रतिवेदन र प्रवन्धपत्र तथा नियमवली संसोधनको कार्यक्रम सर्वसहमत पास गरिएको छ । कम्पनीले साधारण सभाको अवसर पारेर अस्पतालले संस्थापक अध्यक्ष बिनोदमान श्रेष्ठ र उत्कृष्ट कर्मचारी देवनारायण श्रेष्ठलाई सम्मान गरेको थियो ।
धादिङ जिल्लामा नै पहिलो पटक ५० शैयाको अनुमती प्राप्त शहीद मेमोरियल अस्पताल धादिङ प्रा। लि।को १९ औँ बार्षिक साधारण सभाबाट नयाँ संचालक समति समेत चयन गरेको छ । साधारण सभाले पुनः बिष्णुलाल श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण बहादुर पौडेल,सचिवमा बद्री अधिकारी,कोषाध्यक्षमा रामचन्द्र गिरी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शोभा छत्कुली,हरि बहादुर दनै र बिनोद ढकाल रहेका छन् ।
त्यसैगरी शहीद मेमोरियल प्राविधिक शिक्षालयको १३ औँ बार्षिक साधारणसभाबाट बालकृष्ण नेपालीको अध्यक्षतामा ५ सदस्यीय नयाँ संचालक समिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा खिल बहादुर धमला,सचिवमा कृष्ण प्रसाद ढकाल शिशिर, कोषाध्यक्षमा कृष्ण प्रसाद सिलवाल र सदस्यमा महेश रिजाल रहेका छन् ।
त्यसैगरी साधारणसभाले रामहरी अधिकारीको अध्यक्षतामा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा सुनमाया श्रेष्ठ र गोकर्ण घिमिरे रहेका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |