Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विचार : कृषि उत्पादन वृद्धिमा कोरियाको सहयोग

रासस २८३ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १५, बुधबार (१ साल अघि)
विचार : कृषि उत्पादन वृद्धिमा कोरियाको सहयोग

–छङ् ह्वाङ् गुन्
काठमाडौँ, १५ कात्तिक

कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्ध आगामी वर्ष ५०औँ वर्षमा प्रवेश गर्दैछ । भौगोलिक रूपमा टाढा भए पनि नेपाल र कोरियाबीच धेरै ऐतिहासिक र सांस्कृतिक समानता रहेको छ । यसअवधिमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानदेखि विभिन्न आर्थिक सहयोग उपलब्ध भएको छ ।

विगत १५ वर्षदेखि कोरियाले नेपाललाई व्यावसायिक तालिम, स्वास्थ्य, कृषि र सूचना तथा सञ्चार प्रविधि केन्द्रित विकास सहायता प्राथमिकताका साथ उपलब्ध गराएको छ । बितेका ३० वर्षमा कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग ९कोइका० ले एक सय ५७ विकास परियोजना कार्यान्वयन भएका छन् ।

रोजगारी अनुमति पद्धति इपिएस मा आबद्ध १६ देशमध्ये नेपाल यो वर्ष पहिलो नम्बर बनेको छ । यो वर्ष २० हजार नेपालीलाई कोरियामा काम गर्ने अवसर प्रदान गरिएको छ । सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।

अल्पविकसित राष्ट्रबाट उठ्ने तयारीमा रहेका नेपालका लागि कोरिया सधैँ साझेदार रहनेछ । कोरियाले नेपाललाई व्यावसायिक तालिम, स्वास्थ्य, कृषि र सूचना तथा सञ्चार प्रविधि केन्द्रित विकास सहायता प्राथमिकताका साथ उपलव्ध गराएको छ । विगत ३० वर्षमा कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग ९कोइका० ले एक सय ५७ विकास परियोजना कार्यान्वयन गरेको छ ।

आगामी दिनमा अन्य क्षेत्रमा जस्तै कोरियाले नेपालको कृषि क्षेत्रमा पनि थप सहयोगलाई बढाउने नीति लिएको छ । म आफैँ कृषक परिवारमा हुर्किएर सानैदेखि कृषकको सुख–दुःख लाई राम्रोसँग अनुभव गर्दै आएको छु ।

विश्वविद्यालयको अध्ययन पनि कृषि विषयमा नै गरेको हुनाले कृषि क्षेत्र विकासका लागि गहिरो अनुभव रहेको छ । कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या धेरै रहेको नेपालमा कृषिमन्त्रीको हैसियतमा पहिलो पटक भ्रमण गर्दा सकारात्मक ऊर्जा मिलेको छ ।

कोरिया र नेपाल दुई देशको सम्बन्ध विगत लामो समयदेखि नै अत्यन्त सुमधुर रही आएको छ । नेपाललाई आवश्यक पर्दा कोरिया सरकार र जनताले नेपालका विभिन्न क्षेत्रमा हातेमालो गर्दै आएको छ । हामी दुई देशबीच सांस्कृतिक रुपमा पनि समानता रहेको छ । नेपालको प्राकृतिक सौन्दर्यता अवलोकनका लागि तथा धार्मिकस्थल भ्रमणका लागि ठूलो सङ्ख्यामा कोरियाली पर्यटकहरुले नेपाल भ्रमण गरिरहेका छन् ।

हिमालयको पदयात्रा र बुद्धको जन्मस्थल लुम्बिनीको तीर्थयात्राका लागि बर्सेनि ३० हजार कोरियन नेपाल आउने गर्दछन् । नेपालबाट पनि लामो समयदेखि कोरियाको औद्योगिक तथा कृषि क्षेत्रमा काम गर्न तथा अध्ययन व्यवसायका लागि ठूलो सङ्ख्यामा नेपालीले कोरियामा आवतजावत गरिरहेका छन् ।

कोरियाबाट कृषि क्षेत्रमा काम गरेर फर्किएका अधिकांश नेपालीले कृषि क्षेत्रमा कोरियाबाट सिकेको सीपको उपयोग गरिरहेको पाइन्छ । मलाई लाग्छ नेपाल भौगोलिक र मौसमका हिसाबले विश्वमा उब्जनी हुने सबै किसिमका कृषिजन्य वस्तुको उत्पादन हुने क्षेत्र हो भन्ने लाग्छ । त्यसैले बहुसङ्ख्यक नेपालीहरु कृषि पेसामा आश्रित हुनुभएको भन्ने बारेमा जानकार छु ।

विगतको तुलनामा हामी दुई देशबीच उच्चस्तरको भेटघाटले पनि स्थान पाउँदै गएको छ । यही वर्ष सेप्टेम्बर २१ तारिखका दिन संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा अमेरिकाको न्युयोर्कमा कोरिया र नेपाल दुई देशका सरकार प्रमुखबीच भेटवार्ता भएको छ । गणतन्त्र कोरियाका राष्ट्रपति युन सख्यल र नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ बीच न्युयोर्कमा द्विपक्षीय औपचारिक वार्ता भएको थियो ।

कूटनैतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको नजिकै आएका अवसरमा दुई देशका कार्यकारी प्रमुखको वार्तालाप हुनु सुखद पक्ष हो भन्ने लाग्छ । त्यसबेला पनि उहाँहरूले कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव स्मरणीय बनाउने तथा दुई देशबीच विभिन्न क्षेत्रमा विकास साझेदारी कार्यक्रमलाई मजबुत गर्ने विषयमा छलफल भएको छ ।

दुई देशका प्रमुखहरुको वार्तालापपश्चात् विभिन्न क्षेत्रमा विकास साझेदारी अवधारणालाई अगाडि बढाउनका लागि मलाई गणतन्त्र कोरियाका राष्ट्रपतिको विशेष दूतका रुपमा नेपाल भ्रमण गर्ने अवसर मिलेको छ । कोरिया सरकार कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रीको नेतृत्वमा यही कात्तिक १५ देखि १७ गते नेपाल भ्रमणमा रहेको छ ।

यस भ्रमणले दुई देशका सरकार तथा जनस्तरको सम्बन्ध प्रगाढ गराउनका लागि यस भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने लागेको छ । हामी नेपालको विभिन्न क्षेत्रमा सहकार्य गर्नका लागि आतुर छौं । यस भ्रमणले नेपालको कृषि क्षेत्रको विकासमा अतुलनीय भूमिका खेल्ने छ भन्ने मेरो बुझाई रहेको छ ।

यस भ्रमण अवधिमा नेपालका कृषि मन्त्रीसँग द्विपक्षीय वार्तालाप हुनेछ र सोही अवसरमा कोरिया नेपालबीच कृषि क्षेत्र विकासका साझेदारीका लागि आवश्यक सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । यस सम्झौताले नेपालमा कोरिया पार्टनरसिप फर इनोभेसन अफ एग्रिकल्चर कोपिया स्थापना गर्नका लागि भूमिका खेल्नेछ । कोपियाको नेपालमा स्थापना भएपश्चात् नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान खेल्ने छ ।

नेपालको धानबाली उत्पादन वृद्धि तथा आलु खेती उत्पादन वृद्धि गर्न यस सम्झौताले उल्लेखनीय भूमिका निभाउने छ । नेपालमा दैनिक भोजन गरिने दालभात जस्तै कोरियामा पनि समान परिकार लिने गरिएको छ । धेरै मात्रामा उपभोग गरिने चामल तथा अन्य तरकारीको तुलनामा बढी मात्रामा प्रयोग हुने आलु खेतीको विकास भएमा मात्र पनि नेपालले वार्षिक रुपमा हुंदै आएको आयातलाई केही हदसम्म घटाउन सकिन्छ भन्ने लाग्दछ ।

कृषिमा आधुनिकीकरण गरेर बाँझो खेतबारी हराभरा बनाउने उद्देश्य लिएर हामी सबै किसिमका प्राविधिक तथा आवश्यक सहयोग उपलब्ध गराउंदै जाने विचार लिएका छौं । त्यसैगरी, पशुपालन क्षेत्रमा पनि कोरियाको सहयोग निरन्तर रहने बारेमा स्मरण गराउन चाहन्छु । कोरियाले समयसापेक्ष रुपमा विकास गरेको कृषि क्षेत्रको विकासलाई अनुभवलाई नेपालसँग साझेदारी गर्न चाहन्छौँ ।

यसै सन्दर्भमा सन् २०२२ को डिसेम्बर महिना, गणतन्त्र कोरियाबाट होलेस्टेन जातका १०१ वटा दुधालु गाईका बाच्छी र बाच्छाहरु जहाजमार्फत नेपालमा आएको स्मरण गराउन चाहन्छु । अर्ध शताब्दी अगाडितिर कोरियामा एक गाईबाट दैनिक औसत १० लिटरभन्दा कम दूध उत्पादन हुने अवस्था थियो भने हाल उन्नत जातका गाईमार्फत दैनिक एक गाईले ३२ लिटर दूध उत्पादन हुने अवस्थामा रहेको छ ।

हामीले नेपालमा उन्नत जातका गाईपालनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगको पनि व्यवस्था गरेका छौँ । हामी नेपाललाई दूधजन्य पदार्थमा आत्मनिर्भर होस् भन्ने योजनाका साथ अगाडि बढिरहेका छौँ । नेपालका पशुपालन क्षेत्रमा आबद्धरत कृषकहरुले यसबाट लावान्वित हुनुहुने छ भन्ने सोचाइ रहेको छ ।

हामी नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरणमार्फत खाद्यान्न उत्पादनमा आत्मनिर्भर भई खाद्यान्न सुरक्षा प्रदान गर्न मद्दत गर्ने छौँ । त्यसैगरी कृषिको विविधीकरण, व्यावसायिकीकरण, यान्त्रिकीकरण र क्षमता विस्तार गरी बेरोजगारी समस्या न्यूनीकरण गर्न गहन भूमिका खेल्ने छ भन्ने लाग्दछ । आयात घाटा कम गर्न तथा आर्थिक वृद्धिमा कृषि क्षेत्रले सकारात्मक भूमिका खेल्नेछ भन्ने मेरो बुझाइ रहेको छ ।

कोरिया र नेपाल सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएपश्चात आगामी वर्ष सन् २०२४ मा ५०औँ वर्षगाँठको समिपमा रहेका छौं । हामी विगत ५० वर्षदेखि रहिआएको सुमधुर सम्बन्धलाई स्मरण गर्दै आगामी ५० वर्षको सम्बन्धलाई बहुआयमिक बनाउनका लागि तथा नेपाललाई विकासशील राष्ट्रको रुपमा अगाडि बढाउनका लागि असल मित्रको भूमिका खेल्ने छौँ ।

कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न आयोजनामा साझेदारी गर्नका लागि नेपाल सरकारसँग समन्वय गर्दै आवश्यकताको आधारमा समन्वयात्मक भूमिका खेल्न कोरिया सरकार तत्पर रहेको जानकारी गराउँछु । अन्त्यमा, कोरिया फर्किएपश्चात् पनि नेपालको कृषि क्षेत्र विकासका लागि कोरिया सरकारको सहयोग निरन्तर जारी रहने तथा यस भ्रमणले नेपालको कृषि क्षेत्रको विकासमा भूमिका निभाउनका लागि सम्झौतामा हस्ताक्षर भएको पुनः स्मरण गराउन चाहन्छु ।

नेपालको कृषिजन्य उत्पादन वृद्धि गर्नका लागि हाम्रो अनुभव बाँड्नेछौं । त्यसैगरी, यस भ्रमणका अवसरमा नेपालको कृषि क्षेत्रको स्थलगत निरीक्षणमार्फत धेरै कुरा बुझ्ने अवसरको रुपमा सदुपयोग गर्नेछु । प्रस्तुत विचार नेपाल भ्रमणमा आउनुभएका कोरियाका कृषि खाद्य तथा ग्रामीण मामिलामन्त्री छङ् ह्वाङ् गुन्सँग गरिएको कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • जायज माग पुरा गर्न, शिक्षकलाई विद्यालय फर्कन र कक्षा १२ को परिक्षा नसार्न सर्वोच्चको आदेश

    जायज माग पुरा गर्न, शिक्षकलाई विद्यालय फर्कन र कक्षा १२ को परिक्षा नसार्न सर्वोच्चको आदेश

  • किन हुन्छ युवा अवस्थामै मुटुरोग ?

    किन हुन्छ युवा अवस्थामै मुटुरोग ?

  • ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन

    ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन

  • कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन : गृहमन्त्री लेखक

    कालाबजारी, मूल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन : गृहमन्त्री लेखक

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

    डिभिजन बन कार्यालय धादिङको सूचना

    डिभिजन बन कार्यालय धादिङको सूचना

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

    सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

    सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution