धादिङ,२६ भाद्र ।
आज धादिङका ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका ३९ जना, सिद्धलेक गाउँपालिकाका ५ जना, ज्वालामुखीका २ जना,त्रिपुरासुन्दरी र रुवीभ्यालीका १/१ जनामा डेंगु पुष्टि भएको हो ।
स्वास्थ्य कार्यलय धादिङका अनुसार हालसम्म धादिङका २ हजार ९१४ जनामा डेंगु संक्रमण पुटि भएको छ । जसमा १ हजार ५०२ जना महिला र १ हजार ४१२ जना पुरुष रहेका छन् ।
जिल्लाको कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै २ हजार ४२१ जना संक्रमित रहेका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ११८ जना, बेनीघाट रोराङ ७५, सिद्धलेकमा १००, त्रिपुरासुन्दरीमा ६०, गजुरीमा २९, गंगाजमुनामा २७, खनियाबासमा १७, रुवीभ्यालीमा १८ जना, नेत्रावती डबजोङमा १६ जना, गल्छीमा ११, धुनीबेशीमा ९ जना र थाक्रे गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |