Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कृषीमा १० प्रतिशत बजेट छुटाउन किसान महासंघ धादिङको माग

प्रत्यूष ११९५ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १३, शनिबार (३ साल अघि)
Post Thumbnail

अखिल नेपाल किसान महासंघ धादिङले गरिव किसान तथा उपभोक्ताहरुको हक हित र संरक्षणका निमित्त बजेट विनियोजन गर्न माग गरेको छ ।

शुक्रबार किसान महासंघ धादिङका अध्यक्ष विष्णुहरी लम्साल नेतृत्वको टोलिले बिभिन्न ९ बुँदे माग राख्दै नीलकण्ठ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।नगरपालिका कार्यालय पुगेको टोली नगरउपप्रमुख दिपक विश्वकर्मालाई ज्ञापनपत्र बुझाएको हो ।

महासंघले स्थानिय तहले एक आर्थिक वर्षको बजेटमा कुल बजेटको १० प्रतिशत कृषि तथा पशु विकासको लागि विनियोजित गर्नुपर्ने, किसानहरुको तथ्याङक संकलन गरी, भुमि हिन किसान, अति गरिव किसान, मध्य किसान र धनि किसान वर्गीकरण गर्नुपर्ने, स्थानिय तहले कृषिमा अनुदान वितरण गर्दा खेती गर्न चाहने भुमिहिन कृषकहरुलाई करारमा खेती योग्य जमिन उपलब्ध गराइ सत प्रतिशत अनुदान व्यवस्था गर्नुपर्ने माग राखेको छ।

त्यस्तै अति गरिब किसानलाई ७५ प्रतिशत र मध्यम किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था गर्न, धनि किसानको हकमा कृषि उत्पादनको लागि अनुकुल वातावरण व्यवस्थापन गर्न,पशुमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रण तथा तत्काल औषधी तथा भ्याक्सिनको व्यवस्था मिलाउन, किसानहरुलाई आवश्यक रासायनिक मल उपलब्ध गराउन र बैदेशिक रोजगारी बाट फिर्ता भएका तथा स्वदेशमा रहेको कृषि पेशाका युवावर्गहरुलाई अनुदानमा विशेष प्राथमिकता दिनुपर्ने माग गरेको छ। सरकार तथा स्थानिय तह अन्तरगत विनियोजित हुँदै आएको वार्षिक बजेटमा कृषि क्षेत्रलाई अत्याधिक कम बजेट विनियोजित हुँदा किसान मार परेको, उत्पादन कम हुने हुँदा बजारमा उपभोग्य वस्तुको मुल्य बृद्धि भइ उपभोक्ता मारमा परिरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

महासंघले गरिव किसान तथा उपभोक्ताहरुको हक हित संरक्षणका निमित्त आगामी बजेट विनियोजित गर्दा गाउँपालिका प्रमुख, उप प्रमुख प्रशासकिय अधिकृत सहितको संयुक्त आतिथ्यतामा किसानसंग सम्बन्धित सबै दलका भातृसंगठनका प्रमुख प्रतिनिधि र स्थानिय तहका कृषि तथा पशु विकास कार्यालयका प्रमुखहरुसँग छलफल गरी बजेट विनियोजन गर्न पनि ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझाउन अखिल नेपाल किसान महासंघका केन्द्रिस सदस्य कमलबहादुर गुरुङ, ज्यानी प्रजापती लगाएतको उपस्थिती थियो। ज्ञापनपत्र बुझ्दै नगरउपप्रमुख विश्वकर्माले किसानको हकहितको लागि काम गर्ने बताउनुभएको छ ।्

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution