चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ ।
समितिले गठन गरेको अनुगमन उपसमितिको प्रारम्भिक अनुगमनबाट ती पात्रो र भित्तेपात्रो स्वीकृतिबिना प्रकाशन भएको पाइएको संयोजक मुरारी पाण्डेले जानकारी दिनुभयो । समितिबाट स्वीकृति नलिइ प्रकाशन भएका पात्रोमा ज्वाला पञ्चाङ्गम्, वैदिक पञ्चाङ्गम्लगायत रहेका छन् । प्रकाशन भएका पात्रो र भित्तेपात्रोको अनुगमन जारी रहेको उहाँले बताउनुभयो ।
उपसमितिले प्रारम्भिक अनुगमन गरी त्यसको तथ्याङ्क संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका संस्कृति महाशाखा प्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिमा पेस गरिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । अनुगमन समितिले कानुनी कारबाहीका लागि प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्ने बताइएको छ ।
समितिसँग स्वीकृति लिएर १५ पात्रो र करिब एक हजार भित्तेपात्रो प्रकाशन भएका छन् । सही तिथिमिति र चाडपर्वको जानकारी लिन समितिले स्वीकृति दिएका पात्रो र भित्तेपात्रो मात्र प्रयोग गर्न समितिले आग्रह गरेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |