Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु

प्रत्यूष ४६७ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ ५, शुक्रबार (२ साल अघि)
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा परीक्षण कालोपत्र सुरु

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो । पूर्वी भागको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित कालोपत्र गर्न सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

“गत बिहीबारदेखि पृथ्वी राजमार्गको परीक्षण चरणको कालोपत्र गर्न थालिएको हो, सत्रसयस्थित एक सय मिटर सडक कालोपत्र गर्न सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । “पहिलो चरणको परीक्षण कालोपत्र सुरु भएको छ, गर्दै जाने हो, यति नै गर्नेछौँ, यति समयमा भन्ने योजना छैन, माटोअनुसार कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै काम गर्दै जानेछौँ”, प्रमुख सुवेदीले उल्लेख गर्नुभयो ।

तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको सडकखण्डअन्तर्गत परीक्षण कालोपत्र गरिएको उहाँले बताउनुभयो । यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउन र पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी प्रमुख सुवेदीले दिनुभयो । साथै सबवेस र फेसको काम पनि भइरहेको छ ।

पूर्वीखण्डअन्तर्गत ‘टेस्टिङ पिच’का रूपमा आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्र गरिएको छ । उहाँका अनुसार चालु आर्थिक वर्षभित्रै सात किमी सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । ठेक्का तोकिएको समयमा सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिरहेका प्रमुख सुवेदीले बताउनुभयो ।

यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डको काम भने धिमा गतिमा भएको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस खण्डको म्याद विसं २०८१ भदौसम्म छ ।

विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ ।

चार लेनको बनाउँदा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगाँैडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

  • मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

  • ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

  • पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution