Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ८, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कानुन दिवसका अवसरमा बारको शुभकामना

प्रत्यूष ४०१ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २६, मंगलबार (२ साल अघि)
कानुन दिवसका अवसरमा बारको शुभकामना

नेपाल बार एशोसिएशनले कानुन दिवसको अवसरमा नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ । नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकार कायम गर्नुपर्ने उल्लेख छ ।

“कानुन व्यवसायीले जिम्मेवारी वहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामासमेत प्रतिबद्ध हुने प्रेरणा आजको दिनमा प्राप्त होस्”, शुभकामना सन्देशमा भनिएको छ । नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय एवम् न्यायमा सहज पहुँच हामी सबैको सरोकारको विषय भएकाले न्यायापालिका स्वतन्त्र, निष्पक्ष र सक्षम भएमा मात्र विधिको शासन, लोकतन्त्र र मानवअधिकारले सार्थकता पाउने सन्देशमा उल्लेख छ ।

“न्यायापालिकामा विकृति, विसङ्गति र भ्रष्ट्राचार व्याप्त रहेको भन्ने वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको प्रतिवेदन र बारको सहभागितामा तयार हरिकृष्ण कार्कीको प्रतिवेदनले उजागर गरेको छ”, सन्देशमा भनिएको छ, “यसरी उजागर गरिएका विकृति, विसङ्गति र भ्रष्टाचारको निर्ममतापूर्वक अन्त्य गर्न सकिएमा मात्र न्यायापालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन जाने र कानुन दिवस मनाउनुको पनि सार्थकता सिद्ध हुन्छ ।”

बारले लामो अवधिसम्म आन्दोलन गरेको र सोही विषयलाई हालको कार्यसमितिले स्वामित्व ग्रहण गरी न्यायापालिकाको शुद्धिकरण र सुदृढीकरणको अभियान अन्तर्गत विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य, विचौलियाद्वारा न्याय किनबेच हुन्छ भन्ने कुराको विरोधका साथसाथै, प्रधान न्यायाधीशको नियुक्ति समेतको माग राखी हामी निरन्तर अभियानमा रहेको सन्देशमा उल्लेख छ ।

दिवसका अवसरमा अग्रजप्रति सम्मान व्यक्त गर्दै स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको संरक्षण र प्रवद्र्धन गर्दै व्यावसायिक र मर्यादित बारका लागि सदा क्रियाशील रहने प्रणसमेत गरेको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

  • सुनचाँदीको भाउ केही घट्यो

    सुनचाँदीको भाउ केही घट्यो

  • ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

  • मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

    मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ८ गते बिहिबार

    २०८२ माघ ८ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    सुनचाँदीको भाउ केही घट्यो

    सुनचाँदीको भाउ केही घट्यो

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution