Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महावीर पुनका मागप्रति घरेलु तथा साना उद्योग महासङ्घको ऐक्यबद्धता

प्रत्यूष ४४८ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १८, सोमबार (२ साल अघि)
Post Thumbnail

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलनमा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह नेतृत्वको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको छ । धर्ना स्थलमा महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासङ्घ केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रोशनी उपाध्याय, महासचिव डम्बर प्रसाद रेग्मी, सचिव दीपक बुढा लगायतको ऐक्यबद्धताका लागि सहभागिता रहेको थियो ।

आफ्ना मागहरूसहित धर्नामा बसिरहेका महावीर पुन र आविष्कार केन्द्रका टोलीसँगको भेटमा महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्नुपर्ने तथा अनुसन्धान र नवप्रवर्तनका लागि हरेक वर्ष विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने कुरा महासङ्घले पनि उठाउँदै आएको भन्दै यसको पूर्ण समर्थन रहेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष सिंहले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू सान्दर्भिक भएको बताउनुभयो ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकामा महासङ्घको टोलीलाई धन्यवाद दिँदै लघु, घरेलु तथा साना उद्योगहरुमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सहकार्य गरिने बताउनुभयो ।

उहाँले अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउनुपर्ने, अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीति नियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने आफ्नो माग दोहो¥याउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

  • सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

  • सुनचाँदीको मूल्य बढेकोबढ्यै

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

  • क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २ गते बुधबार

    २०८२ पुस २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution