Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सन्दर्भ नयाँ राजनीतिक शक्तिको

प्रत्यूष ८७२ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १४, बिहिबार (२ साल अघि)
सन्दर्भ नयाँ राजनीतिक शक्तिको

चितवन, तनहुँ र बारामा उपचुनाव हुँदै गरे पनि त्यसको तरङ्ग देशभित्र मात्रै होइन बाहिर पनि त्यतिकै थियो । अहिले त्यो सरगर्मी सकिएको छ र मानिसहरू प्रत्येक घण्टाको निर्वाचन बुलेटिनमा आफ्नो ध्यान केन्द्रित गर्दै केही समय अघिमात्रै उदय भएको राष्टिन्य स्वतन्त्र पार्टीको पक्षमा ठूलो जनमत रहेको निष्कर्ष निकाल्दै दायाँ बायाँ लाग्ने काम भैरहेको छ त, अझै अबको राजनीतिक रेखा कस्तो बन्ला त्यो यकिन गनै सकिइरहेको अवस्था छैन ।
सामाजिक सञ्जालमा त्यसको सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । आखिर गत चुनावभन्दा तीन महिनाअघि गठन भएको पार्टीले यतिधेरै सफलता पाउनुको रहस्य के हो त ? यसको यथार्थ पुराना भनिएका राजनीतिक पार्टीका नेताले बुझेका छन् कि छैनन् थाहा छैन ।
मानिसहरू राजनीति पार्टीबाट अलग्गिएर बस्नै सकेका थिएनन् । यो चौतिस वर्षका अवधिमा राजनीतिक पार्टीको त्यत्रो मजबुत जग किन यसरी धराशायी हुँदैछ भनेर कुनै राजनीतिक नेताले मनन गरेको देखिँदैन । बरु अहिले पनि राजनीतिक क्षेत्रमा रहेका चलनचल्तीका कर्मकाण्डी शब्दको भूत देखाएर पार्टीका शीर्षस्थ नेताहरू आफूलाई सुरक्षित राख्न सकिन्छ भनेर प्रयास गरिरहेका देखिन्छन् ।
२०४६ सालको परिवर्तनसँगै देशमा राजनीतिको उन्मुक्त वातावरण विकास भयो । एक प्रकारले भन्ने हो भने समाज राजनीतिक पार्टीमा ध्रवीकरण भयो । २०४६ साल पछि वडावडासम्म राजनीतिक पार्टीको जग निकै मजबुत भएको थियो ।
यो चौतिस वर्षलाई फर्किएर हेर्दा लोकतन्त्रका नाममा व्यक्तिलाई बलियो बनाइयो कि संस्थालाई ? विधि र पद्धतिको विकास गरियो कि जिम्मली प्रथाको ? यसैबाट कमजोरीहरू खोतल्न थालियो भने आजको स्थिति कसरी निर्माण भयो भनेर सही निष्कर्ष निकाल्न सकिन्छ ।
लोकतन्त्रको असाध्यै बलियो आधार हो– विधि र पद्धति । सार्वजनिक संस्थाहरू र राज्यका निकायहरू स्वचालित ढङ्गले चल्नुपर्ने हो । राजनीतिले स्वचालित ढङ्गले चल्न नसकेका संस्थाहरू किन चल्न सकेका छैनन् भनेर खोजी गर्ने र त्यसलाई स्वचालित ढङ्गले चल्न सक्ने बनाउने हो ।
राजनीति सुधार गर्ने भनेर दश वर्षसम्म सशस्त्र संघर्ष गरेर आएको पार्टी पनि सामेल भयो । द्वन्द्वले थिल्थिल्याएको समाजको घाउमा भागबन्डा प्रथाले नुन अमिलो लगाउने काम ग¥यो ।
आजको पुस्ताले विपिलाई चिन्दैन । विपिले के भने भनेर पढ्दैन । फोटोमा देखिने विपि र पृथ्वीनारायण शाह उस्तै हो । पृथ्वीनारायण शाहले बनाएको देश भनेर आजका युवा नेपालमा बसेका छन् र ! एउटा बेरोजगार युवालाई बाबुआमाले पाउने वृद्धभत्ताले के प्रभाव पार्छ ? राजनीति कुनै बनिबनाउ सिद्धान्त लिएर गरिने होइन ।
कुनै देशको हिंसाको इतिहास पढेर गरिने पनि होइन । सत्ताका लागि रगत बगेको कलुषित इतिहासले पनि राजनीति चल्दैन ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

  • दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

    दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

  • “बालेन द लुसिफर”

    “बालेन द लुसिफर”

  • ‘अण्डा’को लागत मूल्य बढ्यो

    ‘अण्डा’को लागत मूल्य बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution