Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छ : मन्त्री डा.भुसाल

प्रत्यूष १९० पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २१, मंगलबार (२ साल अघि)
७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छ : मन्त्री डा.भुसाल

कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले मल, बीउको अभाव, सिँचाइ, कृषि उत्पादनको बजारीकरण, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो ।

“मल आउन ढिला हुन्छ भन्ने सबैलाई थाहा छ, तर मल आउन ढिला हुने प्रक्रियालाई छिटो बनाउन सबैको पहल हुनुपर्छ”, उहाँले भन्नुभयो, “आवश्यक मलको ७५ प्रतिशत बढीको टेण्डर भइसकेको छ, केही आउने क्रममा छ । यो हाम्रो हातमा मात्रै छैन, विदेशको यातायात व्यवस्थाले कति सहयोग गर्छ भन्ने कुरामा निर्भर गर्छ ।”

आगामी वर्षको नीति कार्यक्रम र बजेट तर्जुमाको चरणमा रहेकाले आफूले सांसदसँग सुझाव मागेको बताउनुभयो । जनताको जीवनसँग प्रत्यक्ष जोडिएको मन्त्रालयको नेतृत्व आफूले गरेको भन्दै उहाँले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रमा देखिएका समस्यमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“लामो समयदेखि समयमै मल आपूर्ति नहुने समस्या समाधान कसरी गर्न सकिएला रु ठूलो प्रश्न खडा भएको छ”, उहाँले भन्नुभयो, “मल अभावमा कृषियोग्य जमिन अहिले बाँझो छ, त्यसलाई पुनःखेतीयोग्य जमिनमा परिणत गर्नुपर्छ ।” उहाँले कृषिजन्य उत्पादनलाई बजारसँग जोड्नु आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भुसालले कृषिलाई उत्पादनमा आधारित उद्योगको निर्माण कसरी गर्ने, कृषिलाई कसरी आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरण गर्ने भन्ने विषय ज्वलन्त उठेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सांसदको सुझाव आफूले चाहेको र प्राप्त सुझावका आधारमा मात्रै आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

    क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

  • Post Thumbnail

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

  • करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

  • त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

    क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

    Post Thumbnail

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution