Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

४७ करोड विद्युत् महसुल बक्यौता

रासस १८७४ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ११, शनिबार (३ साल अघि)
४७ करोड विद्युत् महसुल बक्यौता

नेपाल विद्युत् प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रमा चालु आर्थिक वर्ष २०७८÷८० को छ महिना (पुस मसान्त) सम्म रु ४७ करोड ९२ लाख ९५ हजार आठ सय १९ विद्युत् महसुल उठ्न बाँकी रहेको छ । त्यसमध्येको रु १७ करोड ५२ लाख ३३ हजार सडक बत्ती शीर्षकको महसुल छ ।

नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले बुझाउनुपर्ने सडक बत्तीको महसुल तिरेका छैनन् । उपमहानगरपालिकाले उक्त महसुल तिर्न नमान्दा वर्षौंदेखिको महसुल असुल हुन सकेको छैन । सडक बत्तीको विद्युत् महसुल उठ्न बाँकी रहेको रकममध्ये रु ३६ हजार मात्रै खजुरा गाउँपालिकाले तिर्नुपर्ने रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ । खजुराले सडक बत्तीको नियमितरूपमा महसुल तिरिरहे पनि उपमहानगरपालिकाले तिर्न नमानेको विद्युत् प्राधिकरणका कर्मचारी बताउँछन् । नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले बक्यौता रहेको विद्युत् महसुल तिर्नका लागि उपमहानगरपालिकालाई पटकपटक पत्राचार गरिँदै आएको बताउनुभयो । उहाँका अनुसार उपमहानगरपालिकाले उक्त बजेट तिर्न नसक्ने जवाफ दिँदै आएको छ । प्याकुरेलका अनुसार उपमहानगर पालिकाको सडक बत्तीको बक्यौता महसुल स्थानीय सरकार बन्नुअघिदेखिको हो । त्यसबेला उपमहानगर पालिकामा गाभिएका साविकका गाविसलेसमेत तिर्न बाँकी रकम अझै तिरिएको छैन ।

उपमहानगरपालिकामा डा धवलशमशेर राणा प्रमुख रहेको अघिल्लो कार्यकालमा विद्युत् महसुल तिर्ने विषयलाई लिएर उपमहानगरपालिका र विद्युत् वितरण केन्द्रबीच विवाद भएको थियो । तत्कालीन प्रमुख राणाले उपमहानगरको क्षेत्राधिकारभित्र जमिनमा विद्युत्का खम्बा र लाइन विस्तार गरेकाले त्यसको शुल्क तिरेपछि मात्रै आफूहरूले महसुल तिर्ने तर्क गर्दै आउनुभएको थियो । वर्तमान नगरप्रमुख प्रशान्त विष्टले अहिले आफूहरूको अडान विद्युत् प्राधिकरणले विद्युत्का खम्बाको व्यावसायिक कर मिलान गर्नुपर्ने रहेको बताउनुभयो । महसुल तिर्नेबारेमा नयाँ निर्णय नभएको र छलफलमै रहेको जनाउँदै उहाँले भन्नुभयो, “यो समस्या हाम्रो मात्रै नभई अन्य नगरपालिकाको पनि हो, प्राधिकरण नाफा कमाउने संस्थान भएकाले यसमा नगरपालिका सङ्घले नै व्यावसायिक कर मिलान गरेमा मात्रै महसुल तिर्ने नीति लिएका छौं, हाम्रो भनाइ पनि विद्युत्का खम्बाको व्यावसायिक कर मिलान गर्नुपर्छ भन्ने नै हो ।” प्रमुख प्याकुरेलले महसुल तिर्नुपर्ने विषयमा पत्राचार भएपछि उपमहानगरपालिकाका जनप्रतिनिधिबाट पहिलो कार्यकालमा विद्युत्का खम्बाको विषय उठाएको तर उक्त कुरा कानुनले नमान्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँहरूले भनेर मात्रै त हुँदैन नि कानुनले पनि त्यस विषयलाई मान्नुपर्यो ।” विद्युत् वक्यौता उपमहानगरपालिकाको अघिल्लो कार्यकालमा असुल हुन नसकेपछि चालु आवको पहिलो महिना साउनमा विद्युत् प्राधिकरणले उपमहानगरपालिकाबाट सङ्घीय सरकारबाट समायोजन गर्नेगरी समर्थन मागेको छ । उक्त समर्थन भने उपमहानगरपालिकाबाट पाएर विवरण केन्द्रमा पठाएको केन्द्र प्रमुख प्याकुरेलले बताउनुभयो । साउनभन्दा यताको सडक बत्तीको विद्युत् महसुल पनि उपमहानगरपालिकाले तिरेको छैन । प्याकुरेलले कम्तीमा ‘हाइमास्ट लाइट’को महसुल मात्रै तिरिदिन अनुरोध गरे पनि उपमहानगरबाट असुल नभएको बताउनुभयो । उहाँले अब नयाँ जडान हुने सडक बत्तीका लागि मिटरसहित जडान गर्ने नीति केन्द्रले लिएको बताउनुभयो । वितरण केन्द्रका अनुसार पुस मसान्तसम्म बाँकी बक्यौतामा सरकारबाट महसुल अनुदानको हिसाब मिलान हुन बाँकी रु सात करोड १० लाख आठ हजार चार सय ३२, सरकारी कार्यालयको रु एक करोड ८३ लाख २३ हजार पाँच सय ७८ बक्यौता रहेको छ । बाँकी रु २१ करोड ४७ लाख ३० हजार एक सय १९ निजी क्षेत्रको महसुल बक्यौता रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

  • Post Thumbnail

    नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ

  • Post Thumbnail

    फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

  • Post Thumbnail

    अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    कांग्रेस १५औँ महाधिवेशनः सभापतिका उम्मेदवार राठौरद्वारा उम्मेदवारी फिर्ता

    Post Thumbnail

    धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने

    Post Thumbnail

    सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

    आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

    आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution