Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

माओवादी आन्दोलनका सबै समूहलाई एकतामा आउन अध्यक्ष दाहालको आह्वान

प्रत्यूष ४८३ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २१, आईतबार (२ साल अघि)
माओवादी आन्दोलनका सबै समूहलाई एकतामा आउन अध्यक्ष दाहालको आह्वान

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका सबै समूह र धारलाई एक ठाउँमा आउन आह्वान गर्नुभएको छ ।

जनयुद्धकालीन माओवादी नेताहरु डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, धर्मेन्द्र बाँस्तोलालगायत नेताहरु उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी आन्दोलनका सबै समूहलाई पार्टी एकतामा आउन आग्रह गर्नुभएको हो ।

माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म मनाउँदै आएको सहिद सप्ताहको आज अन्तिम दिन ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशन’द्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले माओवादी आन्दोलन कमजोर नभए पनि विभिन्न धार र भङ्गालामा बाँडिएपछि प्रभाव घटेका कारण पुनः एकताबद्ध हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो।

वर्तमान सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको तथा सहिद घोषणाका लागि राजपत्रमा सूचना प्रकाशित गर्नेलगायत निर्णय गरेपछि केही शक्तिलाई सह्य नभएको प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले यतिबेला चर्को बोल्ने भन्दा पनि काम गर्ने समय भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारका तर्फबाट जनयुद्ध, जनआन्दोलन र त्यस आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद र बेपत्ता योद्धालाई सम्मान गर्ने काम एकपछि अर्को गर्दै अघि बढेको छ । त्यसमा प्रतिक्रियावादी आतङ्कित भएका छन् । तिनीहरु फेरि एक पटक माओवादीसँग तर्सिएका छन् । माओवादीका नाममा तथानाम गालीगलौज गर्न थालेका छन् ।”

प्रधानमन्त्री दाहालले यो बेला चर्को बोल्ने समय नभई काम गर्ने समय भएकाले आफू केन्द्रित भएको बताउनुभयो । “कामबाटै प्रतिक्रियावादी शक्तिविरुद्ध लडिरहेको छु”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले केही ‘भूत प्रेत’ निक्लिँदैमा इतिहास र त्यागको कीर्तिमान कायम गरेका महान सहिद नसिद्धिने बरु ज्यूँदो जाग्दो भएर आउने उल्लेख गर्नुभयो ।

माओवादीविरुद्ध निरन्तर षड्यन्त्र भइरहेकाले आफ्ना तर्फबाट भ्रम चिर्न प्रधानमन्त्री दहालले सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिक्रियावादी भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने रणनीतिमा छन्, माओवादीले भ्रम चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने हो, यो काम माओवादीले विगतदेखि नै गर्दै आएको छ ।”

सबै माओवादी एक ठाउँमा उभिएर जनतालाई अपिल गर्ने, सहिद तथा बेपत्ताको सपना र भावनालाई पूरा गर्ने सङ्कल्प गर्ने हो भने त्यो विजयको दिन हुने प्रधानमन्त्री दहालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

    एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

  • ‘अन्तराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

    ‘अन्तराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

  • नेपाली कांग्रेस धादिङमा उम्मेद्वार छनोटमा सहमती जुटेन,आंकाक्षी ३५ जनाकै नाम सिफारिस

    नेपाली कांग्रेस धादिङमा उम्मेद्वार छनोटमा सहमती जुटेन,आंकाक्षी ३५ जनाकै नाम सिफारिस

  • गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

    गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २७ गते शनिबार

    २०८२ मंसिर २७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

    एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

    ‘अन्तराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

    ‘अन्तराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

    नेपाली कांग्रेस धादिङमा उम्मेद्वार छनोटमा सहमती जुटेन,आंकाक्षी ३५ जनाकै नाम सिफारिस

    नेपाली कांग्रेस धादिङमा उम्मेद्वार छनोटमा सहमती जुटेन,आंकाक्षी ३५ जनाकै नाम सिफारिस

    ‘अण्डा’को लागत मूल्य बढ्यो

    ‘अण्डा’को लागत मूल्य बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution