Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निलकण्ठ बहुमुखी क्याम्पसमा ने.वि संघद्धारा र्याली सहित संगठन दर्ता

प्रत्यूष ४६८ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १९, शुक्रबार (२ साल अघि)
निलकण्ठ बहुमुखी क्याम्पसमा ने.वि संघद्धारा र्याली सहित संगठन दर्ता

धादिङ,१९ फागनु ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि निलकण्ठ बहुमुखी क्याम्पसले आज विद्यार्थी सङ्गठन दर्ता गरेको छ । क्याम्पसको स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै आज विहान ७ बजे ने.वि संघले र्याली सहित संगठन दर्ता गरेको हो ।

नेपाली कांग्रेसको पाटी कार्यालय देखि निलकण्ठ बहुमुखी क्याम्पससम्म र्याली निकालेर संगठन दर्ता गरेको हो । ने.वि संघ संगै अखिल कान्तिकारी, अनेरास्ववियुले पनि संगठन दर्ता गरेका छन् ।

कार्यतालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

यस्तै कार्यतालिका अनुसार फागुन २८ गते बेलुका ५ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २९ गते दिउसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।

क्याम्पसले स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको र त्यस पछि भने मौन अवधी शुरु हुन भएकोे छ ।

निलकण्ठ बहुमुखी क्याम्पसमा मतदान चैत्र ५ गते बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म हुने भएको छ ।
त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।

निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।

स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

  • अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

  • ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १ गते मंगलबार

    २०८२ पुस १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution