Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाल चिकित्सक सङ्घ : उपत्यकामा मतदान जारी

प्रत्यूष २६८२ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १९, बिहिबार (३ साल अघि)
नेपाल चिकित्सक सङ्घ : उपत्यकामा मतदान जारी

नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि उपत्यकामा निर्वाचन सुरु भएको छ । आज विहानदेखि नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिनुभयो ।

यसअघि यही माघ ६ गते र ७ गते उपत्यका बाहिरका १६ शाखा कार्यालयमा निर्वाचन सम्पन्न भइसकेको छ । उपत्यका बाहिर तीन हजार छ सय ५० मत खसेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आजदेखि उपत्यकामा तीन दिन माघ १९, २० र २१ निर्वाचन हुनेछ । तीन दिन उपत्यकामा आठ हजार नौ सय मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । निर्वाचन साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

निर्वाचनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक/एक जनाको दरले सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक जना र छ जना सदस्य गरी १९ जनाको पदाधिकारीको निर्वाचन हुँदैछ । त्यसै सङ्घ परिषद् सदस्य ६० जनाकोसमेत निर्वाचन हुँदैछ ।

अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिनु भएको छ । अध्यक्षमा डा अनिल विक्रम कार्कीको लोकतान्त्रिक, डा सन्तोष पौडेलको प्रगतिशील र डा शिवजी विक्रम सिलवालको स्वतन्त्र प्यानल बनाई चुनावी प्रतिस्पर्धा हुनुहुन्छ । निर्वाचनमा कूल १२ हजार आठ सय ३४ जना रहनुभएको छ । यही माघ २१ गते मतदान सकिएपछि मतगणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

  • Post Thumbnail

    छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ

  • बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

  • Post Thumbnail

    सोह्र लाखबराबरको अवैध पटाका बरामद

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    फलफूलखेतीः बगैँचा बढे तर उत्पादन न्यून

    राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

    Post Thumbnail

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    Post Thumbnail

    कांग्रेस महाधिवेशनमा आधा दर्जन पत्रकार उम्मेदवार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution