Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नवौँ राष्ट्रिय खेलकुद : दस खेलका २३ ‘विधा’ रद्द

प्रत्यूष १०६१ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २१, शुक्रबार (४ साल अघि)
नवौँ राष्ट्रिय खेलकुद : दस खेलका २३ ‘विधा’ रद्द

कास्की, २१ असोज ।
गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न १० खेलका २३ विधा रद्द गरिएको छ । प्रतियोगिताका लागि कम्तीमा चारवटा टोलीको सहभागिता अनिवार्य हुने र सो नभए खेल रद्द हुने प्रावधानअनुसार केही खेलका विधा नहुने भएको हो ।

गल्फ आर्चरी, प्याराग्लाइडिङ, पौडी, भारोत्तोलन, सुटिङ, जिमन्याष्टिक स्क्वास, सफ्ट टेनिस, जुडोका केही इभेन्ट नहुने प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । धेरैजसो इभेन्टमा महिला खेलाडीको सहभागिता नभएपछि रद्द गरिएको हो । सबैभन्दा बढी आर्चरीमा सात इभेन्ट रद्द गरिएको छ । त्यसैगरी अन्य खेलको एकदेखि तीन इभेन्टसम्म नहुने सम्भावना रहेको बताइन्छ ।

आर्चरीका सातवटा इभेन्टहरुमा चार टोलीको सहभागिता नभएकाले खेल नहुने भएको जनाइएको छ । आर्चरीमा पुरुष कम्पाउन्ड टोली, मिक्स टोली कम्पाउन्ड, मिक्स टोली रिकर्भ, मिक्स टोली स्ट्यान्डर्ड, महिला कम्पाउन्ड टोली, महिला रिकर्भ टोली र महिला स्ट्यान्डर्ड टोलीका खेलहरु नहुने प्रतियोगिता प्राविधिक समितिले जनाएको छ ।

आर्चरीमा कूल १५ पदक बाट मात्रै सातवटा स्वर्ण पदक घटेको छ । आर्चरीमा कूल १५ स्वर्ण पदकका लागि खेल हुने यसअघि जनाइएको आर्चरी सङ्घका सचिव योगेन्द्र शेरचनले बताउनुभयो । आर्चरीका केही इभेन्ट रद्द भएको जानकारी प्राप्त भएको बताउँदै उहाँले यस बारेमा राखेपमा छलफल गरिने बताउनुभयो ।

यसैगरी प्याराग्लाइडिङ र स्विमिङको तीन/तीन, जिम्न्याष्टिक, भारोत्तोलन र सुटिङको दुई÷दुई, गल्फ, जुडो, सफ्ट टेनिस र स्क्वायसका एक/एक इभेन्टहरुका खेल नहुने भएका छन् ।

गल्फतर्फ महिला इन्डिभिजुयल, जिम्न्याष्टिक पुरुष पोमल हर्स ९अल राउन्ड इभेन्ट०, जिम्न्याष्टिक महिला भल्टिङ टेबल अल राउन्ड इभेन्ट, जुडो मिक्स टिम इभेन्ट, प्याराग्लाइडिङ महिला एक्युरेसी र क्रसकन्ट्री टिम इभेन्ट तथा महिला क्रसकन्ट्री एकलका इभेन्टहरु नहुने जनाइएको छ ।

त्यसैगरी सुटिङ मिक्स टिम १० मिटर इएर पिस्तोल, १० मिटर इएर राइफल मिक्स पुरुष टिम, सफ्ट टेनिसतर्फ महिला टिम, स्क्वायसतर्फ महिला सिङ्गल्स, पौडीतर्फ महिला बटरफ्लाई २०० मिटर, महिला ४०० मिटर मिड्ले, भारोत्तोलनतर्फ १०९ केजी तौल पुरुष र महिला ८७ केजी माथिका इभेन्टहरु नहुने जनाइएको छ ।

राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि गण्डकी प्रदेशले सबैभन्दा बढी खेलाडी दर्ता गरेको छ । गण्डकीले ३६ वटै खेलमा सहभागिता जनाउने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    दुई अर्ब बढीको क्रिप्टो कारोबारी पक्राउ

  • Post Thumbnail

    भद्रपुरमा हुने अन्तरराष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी पूरा

  • Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

  • Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

    Post Thumbnail

    पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

    Post Thumbnail

    प्रहरीको ‘स्वीप अपरेसन’

    Post Thumbnail

    दुई अर्ब बढीको क्रिप्टो कारोबारी पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution