Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सन्दर्भ बजार अनुगमनको (सम्पादकीय)

प्रत्यूष १००९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १४, शुक्रबार (४ साल अघि)
सन्दर्भ बजार अनुगमनको (सम्पादकीय)

धादिङ,१४ असोज ।
चाडपर्व नजिकिएको बेला बजार अनुगमनको कार्यले पनि तिव्रता पाएको छ । केही समयदेखी बजार अनुगमनको कामले तिव्रता पाईरहेको यो अवस्थामा अनुगमनकर्ताका अगाडि पनि त्यहि प्रकारको प्रकारको प्रश्न उठिरहेको छ ।

गतवर्षको लगभग अहिलेकै पेरिफेरीमा बजारको अनुगमन गरिएको र अहिले पनि यहि चाडपर्वको अवसरमा मात्रै अनुगमन गर्दा अनुगमन गर्नेहरुका पछाडी कुनै न कुनै डिजाइन त छैन ? के चाडपर्वमा मात्रै बजारमा अखाद्य बस्तुहरु विक्री वितरण गरिने हो ? कि अनुगमन गर्ने अधिकारीहरुले नै यति वेला फुर्सद पाउँछन् यि र यता प्रशस्त जवाफहरुको उत्तर व्यवसायीहरुले गरिरहेको भएपनि यसको उत्तर कोही कसैबाट आएको छैन, यसर्थ पनि बजार अनुगमन गर्नेहरुको प्रशंसा भन्दा धेरै आलोचना भैरहेको छ ।

एकातिर खाद्य अधिकारसंग सरोकार राख्नेहरुले उपभोक्तालाई अखाद्य वस्तु विक्री वितरण गरी मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने खालको काम गरिरहेको बताउँदै म्याद गुज्रिएका लगायतका खाद्य सामग्री बिक्री वितरण गर्नेहरु उपर कडा कारवाही गरिनुपर्ने माग गर्दै आएका छन् ।

उता व्यापारीहरुले भने बजार अनुगमन गर्दा नियमित गर्नुपर्ने नभए बेला बेलामा अनुगमन गरेर एउटा न एउटा खोट देखाई ब्यापारीलाई जरिवाना गर्ने देखीको काम गर्नु राम्रो नभएको बताइरहेका छन् यसले के देखाउँछ भने नीजि क्षेत्र र सरकारी कार्यालयका अधिकारीहरु विचमा त्यति राम्रो मेल छैन ।

हुनतः एउटा व्यपारीले म्याद गुज्रिएको खाद्यवस्तु विक्री गर्दा धेरै नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परिरहन सक्छ । अखाद्य वस्तुको प्रयोगबाट मानिसले दिर्घकालसम्म केही न केही समस्या व्यहोरिरहनुपर्ने हुन्छ भने केहीले निकै धेरै धनरासीको खर्च गरेर पनि आफ्नो स्वास्थ्य सुधार गर्नुपर्ने हुन्छ त्यस प्रकारका व्यापारिलाई सानोतिनो सजायबाट केही हुनेवाला छैन ।

प्रशासनिक कार्यालयबाटै कठोर निर्णय लिई सजाएँ व्यहोर्नुपर्ने हुन्छ । उता अनुगमनको क्रममा नापतौलमा पनि त्यहि प्रकारको ठगि भैरहेको पाइएको छ । एउटा खरिद कर्तालाई अलिकति ठगी गर्ने हो भने पनि व्यापारीले महिनौ वा वर्षौसम्म सामान विक्री वितरण गर्दै कति नाफा राख्ला ? अनि त्यही व्यापारिलाई एक वर्षमा एक पटक केही जरिवाना लगाउँदैमा केही हुन्छ ? ढक काँटा नै विगारेर ठगि गर्नेहरुलाई कस्तो कारबाही गर्नुपर्ला यसमा पनि गम्भीर खालको प्रश्न उठिरहेको छ,यो विषयमा पनि सरोकारवालाको ध्यान गम्भीर रुपमा जान जरुरी छ ।

पछिल्लो समय जसले जे जे काम गरे पनि त्यसलाई नकारात्मक तरिकाबाट हेर्ने प्रचलन रहि आएका कारण आगामी दिन त्यस्तो नबनाउन आम सचेत नागरिकले भूमीका खेल्नु जरुरी छ । आफ्ना होस् या अन्यजोसुकै भएपनि नराम्रो गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने र राम्रा काममा पुरस्कृत गरि उदाहरणीय बनाउने गर्ने हो भनेमात्रै सबैको बानीमा सुधार आउन सक्छ नराम्रा गर्नेलाई कारबाही गरेको खबर आएजस्तै राम्रा गर्नेलाई सकिन्छ सम्मान गर्ने र नसके धन्यवाद मात्रै भने पनि दिने हो भने हाम्रा आगामी दिन सुखद् बनन सक्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

    Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution