Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भैरवी र हिमाल साकोसबिच एकीकरण कार्य सुरु : धादिङ एकीकृत वचत तथा ऋण सहकारी नाम प्रस्ताव

प्रत्यूष ९६९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ८, शनिबार (४ साल अघि)
भैरवी र हिमाल साकोसबिच एकीकरण कार्य सुरु : धादिङ एकीकृत वचत तथा ऋण सहकारी नाम प्रस्ताव

धादिङ,०८ असोज ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ रहेको भैरवी साकोष र हिमाल साकोष एक आपसमा एकीकरणका लागि सैद्धान्तिक रुपमा तयार भएका छन् । नेपालमा अर्थतन्त्र कमजोर बन्दै गएको र वैंक तथा वित्तीय संस्थाहरुले मनोमानी गरिरहेको वर्तमान परिवेशमा सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुको माग अनुसार सेवा प्रदान गर्न सवल र सक्षम संस्था वनाउनु पर्ने आवश्यक ठानी शनिबार दुवै संस्थाका संचालकहरुको सयुक्त बैठक बसी एकीकरणको कार्य शुभारम्भ गरेका हुन् ।

गुणस्तरीय र परिणाम मुखि सदस्य सेवाका लागि विश्वासनीय, भरपर्दो, सवल र सक्षम संस्था वनाउन, संस्थागत दिगो विकास तथा सदस्य केन्द्रित सेवा सहितको मुनाफा प्रदान गर्न, संचालन खर्चलाई कमी गरी आयमा बृद्धि गर्ने उद्देश्यले दुई सहकारी एकीकरण गर्ने कार्यको थालनी गरिएको बताइएको छ ।

शनिबार बसेको दुई संस्थाको उपलव्ध संचालक तथा सदस्यहरुको संयुक्त बैठकले नेपाल सरकार सहकारी विभागको निर्देशिका र कार्यविधी बमोजिम एकीकरणका लागी प्रारम्भिक प्रकृया अगाडी बढाउन गणेशकुमार श्रेष्ठको संयोजकत्वमा शान्तविक्रम वानियाँ, कृष्णप्रसाद लम्साल, विनोद कुमार श्रेष्ठ र राजकुमार श्रेष्ठ रहेको पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदललाई सहकारी एकीकरणका लागि गर्नुपर्ने सवै कार्यहरु प्रकृयागत रुपमा अगाडी बढाउन सक्ने जिम्मेवारी समेत संयुक्त बैठकले दिईएको बताइएको छ ।

सहकारी एकीकरणको लागि विभागबाट स्वीकृति लिनको लागि दुवै संस्थाको संयुक्त वैठक वसी कार्यदल वनाउनु पर्ने, कार्यदलले एकीकरण कार्यबिधी वनाइ दुईवटै संस्थाको साधारण सभाबाट पारित गर्नुपर्ने जस्ता नीतिगत कुराहरु पुराभएपछि मात्र एकीकरण प्रयासका लागि सहकारी विभागमा लैजानु पर्ने प्रावधान रहेको छ भने एकिकरण स्वीकृति पछि मात्र दुई साकोसको अवस्थाको बारेमा विज्ञहरुलाई सहजीकरणमा राख्न सकिने भएकोले जतिसक्दो छिटो प्रक्रिया थाल्न कार्यदललाई निर्देशन समेत बैठकले गरेको छ ।

दुई साकोस एकीकरण पछि संस्थाको नाम धादिङ एकीकृत वचत तथा ऋण सहकारी संस्था लि रहने समेत प्रस्ताव भएको छ । त्यसैगरी संस्थाको कार्यालय धादिङवेंसी विचबजार स्थित भैरवी सदनमा हुने बताईएको छ । अव बन्ने संचालक समितिमा अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, कोषाध्यक्ष १, सचिव २ र सदस्यहरु ८ जना गरि १५ सदस्यीय संचालक समिति बनाउने समेत छलफल भएको स्रोतले बताएको छ।

सहकारी एकीकरणका लागि यो दोस्रो पटक प्रयास गरिएको हो । २०७५ सालमा भैरवी, हिमाल, श्रोत परिचालन र अग्रणी साकोस बीच एकीकरणका लागि प्रयास हुँदा एकीकरण पछि संस्थाको नामाकरण, नेतृत्व र कार्यालयको विषयमा निर्णय हुन नसक्दा सफल हुनसकेको थिएन । यी दुवै सहकारी संस्था २०५७ सालमा एकै साथ स्थापना भएका हुन् ।

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

    Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

    Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

    Post Thumbnail

    गाँजासहित युवक पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution