Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एमाले रणनीतिः अन्य दलका नेता भित्र्याउने, विपक्षी गठबन्धन बनाएर सत्तामा पुग्ने

प्रत्यूष ८७३ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ३१, शुक्रबार (४ साल अघि)
एमाले रणनीतिः अन्य दलका नेता भित्र्याउने, विपक्षी गठबन्धन बनाएर सत्तामा पुग्ने

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश लहर देखेर अध्यक्ष केपी शर्मा ओली उत्साहित देखिएका छन् ।

विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी दलको गठबन्धन निर्माण गरेर सरकार सञ्चालन गर्नेमा अध्यक्ष ओली ढुक्क छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)सहितका साना दलबाट नेता विद्रोह गर्दै एमालेमा प्रवेश गरिरहेका छन् ।

एमाले पोलिटब्युरो सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर चलेको बताए । जिल्लादेखि केन्द्रीय कार्यालयसम्म दिनहुँ पार्टी प्रवेश कार्यक्रम भइरहेको उनले जानकारी दिए ।

एमालेबाट विद्रोह गरी गठन भएको एकीकृत समाजवादीका नेता एमाले प्रवेश गर्न थालेपछि अध्यक्ष ओलीले ‘आगामी चुनावसम्ममा एकीकृत समाजवादीमा कार्यकर्ता नै नरहने’ ठोकुवा गरेका छन् ।

गत मंगलबार पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले चुनावसम्ममा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपाल कार्यकर्ताविहीन हुने दाबी गरे ।

‘तपाईंहरूलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला, नोट गरेर राख्नुस् । चुनावसम्ममा माधव नेपालसँग आपूmबाहेक कार्यकर्ता नै रहँदैनन्’ ओलीले भने । एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’समेत पार गर्न नसक्ने दाबी गर्दै उनले थपे, ‘माधव नेपालको पार्टीले थ्रेस होल्ड पार गरेर तीन प्रतिशत ल्याएर संसद्मा पुग्दैन । चुनावमा प्रचण्डको पार्टीले थ्रेस होल्ड कटाएर यसपल्ट राष्ट्रिय पार्टीको इज्जत जोगाउँछ ।’

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बिहीबार नेकपा माओवादी नेता–कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै ओलीले त्यस्तै ठोकुवा गरे । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चितवन जिल्लाका सह–इन्चार्ज रहेका प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजित)सहितका नेता–कार्यकर्तालाई ओलीले अबिरमाला लगाएर पार्टीमा प्रवेश गराए ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार पाँचपटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् । उनी एमालेमा प्रवेश गरेसँगै माओवादीका अध्यक्ष प्रचण्डलाई असर पर्ने विश्लेषण भइरहेको छ ।

एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापाका अनुसार परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमान्डर अञ्जन तिमल्सिना, चितवनकै कालिका नगरपालिका कमिटी उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।

माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपासहितका दलबाट एमालेमा प्रवेश गर्ने नेता संख्या बढी रहेको थापाले बताए । पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको संख्या बढ्दै गएको उनको दाबी छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

  • Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    Post Thumbnail

    चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

    Post Thumbnail

    आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution