Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सेवाग्राही प्रति जिम्मेवार बन्दै प्रयास नेपाल धादिङ

प्रत्यूष १०३२ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २७, सोमबार (४ साल अघि)
सेवाग्राही प्रति जिम्मेवार बन्दै प्रयास नेपाल धादिङ

खोरभज्याङ,२७ असार ।
स्थानीय तहमा क्रियासिल सामाजिक संस्था प्रयास नेपाल धादिङले सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । समुदायप्रति उत्तरदायी, पारदर्शी तुल्याउँदै उनीहरूको चासो प्रति सम्वेदनशील र जवाफदेहीता र उत्तरदायित्व बोध गर्दै प्रयत्नशील सामुदायिक विकास समाज(प्रयास नेपाल) धादिङले आईतबार सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

बेनिघाट रोराङ गाउँपालिका वडा नं १ मा भएको संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन प्रक्रिया , व्यवहार, श्रोत परिचालन, पारदर्शिता र प्रभावकारीता बारे सम्बन्धित स्थानीय तह, सेवाग्राही, सेवा प्रदायक तथा सो क्षेत्रका सरोकारवालाहरुको विश्लेषणात्मक लेखाजोखा गर्न सामाजिक लेखा परिक्षण गर्ने गरिएको संस्थाको अध्यक्ष रेष्टनले बताउनु भयो ।

सामाजिक लेखाजोखा संस्थाको सरोकारवाला तथा लाभान्वित समुहप्रतिको जवाफदेहितालाई प्रमाणित गर्न, वृहत स्तरमा पारदर्शिता कायम गर्न,लाभान्वित समूह, सरोकारवाला र साझेदार संस्थाहरुको कार्यक्रममा सहभागितामा वृद्धि गरी कार्यक्रम तर्जुमा तथा व्यवस्थापनमा अपनत्वको भावना सृजर्ना गर्ने उद्देश्यका साथ सामाजिक लेखापरिक्षण कार्यक्रम गरिएको संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भएको भयो ।

यसै गरी समुदायमा कार्यक्रमबाट पर्न गएको प्रभावलाई सम्पूर्ण रुपमा बुझ्न,सरोकारवालाहरुको पृष्ठपोषणबाट भएका सिकाईलाई परिस्कृत गर्दै संस्थाको भविष्यमा हुने कार्य सम्पादनमा सुधार ल्याउने प्रभावकारी कार्ययोजना बनाउन, पिछडिएका समुदायहरुलाई प्रश्न गर्ने तथा आफ्नो अधिकारको माग राख्ने अवसरको रुपमा एउटा सामाजिक मञ्च प्रदान गर्न, स्थानिय स्तरमा प्रजातन्त्रलाई प्रर्वद्धन गर्न सामाजिक लेखापरिक्षण कार्यक्रम गरिएको संस्थाका कार्यकारी निर्देशक अर्यालले जानकारी दिनु भयो ।

यस्तै संस्थालाई सामूहिक निर्णय प्रक्रिया तथा जिम्मेवारी वहन गर्न प्रोत्साहन गर्न,मानव श्रोत र सामाजिक पुंूजीको विकास गर्न,संस्थागत सुशासनलाई सशक्त बनाउंन र संस्था ,समुदाय र सरोकारवालावीच मित्र शक्तिको रूपमा विकास गर्ने उद्देश्यका साथ सामाजिक लेखापरिक्षण कार्यक्रम गरिएको संस्थाका अध्यक्ष रेष्टन कडेलले बताउनु भयो ।

संस्थाले आ.ब. ०७८,०७९ मा सुनौलो भबिष्यको लागि शिक्षा कार्यक्रम अन्र्तगत संचालित कार्यक्रमको प्रगति तथा आर्थिक विवरण प्रस्तुति भएको सामाजिक लेखा परिक्षण कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेलको अध्यक्षता र बेनिघाटरोराङ गाउँपालिका वडा नं १० का वडाध्यक्ष विकास चेपाङ प्रमुख आतिथ्य एवं वडासदस्यहरु, बिद्यालयका प्रधानाध्यपक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु शिक्षकहरु, बाल क्लबका प्रतिनिधीहरु र स्थानीय संघसंस्थाहरु र लक्षित समुदायका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

पत्रकार महासंघ धादिङका उपाध्यक्ष सानुबाबु तिमल्सेनाले सहजिकरण गर्नुमा भएको सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालका बारेमा प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक सुमन ज्ञवाली ,सहायक कार्यक्रम अधिकृत सुरज श्रेष्ठ र कार्यकारी निर्देशक दामोदर अर्यालले प्रष्ट गराउनु भएको थियो ।

यसै गरी शनिबार गजुरी गाउँपालिका स्तरीय सामाजिक लेखापरिक्षण गजुरी हाँगेटारमा सम्पन्न भएको छ । सामाजिक लेखापरिक्षण कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेलको अध्यक्षता तथा गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकिय अधिकृत ध्रुव प्रसाद सापकोटाको बिशेष आतिथ्य,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरस्वती सिलवाल,साझेदार संस्थाको प्रमुख प्रतिनिधि सहित ,बिद्यालयका प्रधानाध्यपक,बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,शिक्षक अभिभावक संघका अध्यक्षहरु, बाल विकास शिक्षिकाहरु ,बाल क्लबका प्रतिनिधीहरु र स्थानीय संघसंस्थाहरु र लक्षित समुदायका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

संस्थाले आ.ब. ०७८/०७९ मा गजुरी गाउँपालिकामा प्रारम्भिक बाल विकास कार्यक्रम, चेपाङ किशोरी छात्राबास परियोजना ,सक्रिय कार्यक्रम अन्र्तगत संचालित क्रियाकलापहरु, उपलब्धीहरु सिकाई र कार्यक्रम संचालन गर्दा आएका सवालहरु र आर्थिक विवरण कार्यक्रम प्रमुख सहदेव पण्डित प्रस्तुति भएको थियो । पत्रकार महासंघ धादिङका उपाध्यक्ष सानुबाबु तिमल्सेनाको सहजिकरणमा भएको सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालका बारेमा प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक सहदेव पण्डित र कार्यकारी निर्देशक दामोदर अर्यालले प्रष्ट गराउनु भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
गजुरी गाउँपालिका सम्बन्धि थप
  • धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

    धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

  • सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

  • पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

  • मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १४ गते बुधबार

    २०८३ असोज १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आजको आवाज भाग – ९६६ | Ajako awaj EP – 966

    आजको आवाज भाग – ९६६ | Ajako awaj EP – 966

    धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

    धादिङमा ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत र कानुनी सुधार गरिँदैछ : सञ्चारमन्त्री डा तिमिल्सिना

    पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution