Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विनोद चौधरीलाई विभिन्न जिल्लाबाट प्रस्तावः हाम्रो निर्वाचन क्षेत्रबाट चुनाव लड्नुहोस्

प्रत्यूष ८८२ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (४ साल अघि)
विनोद चौधरीलाई विभिन्न जिल्लाबाट प्रस्तावः हाम्रो निर्वाचन क्षेत्रबाट चुनाव लड्नुहोस्

काठमाडौं,  १४ असार

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आसन्न संघीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।

जनताबाट अनुमोदन भएर जनप्रतिनिधि बन्ने आफ्नो चाहना रहेको सार्वजनिक गरेपछि कांग्रेस नेता चौधरीलाई विभिन्न जिल्लाबाट मतदाताले आफ्नो निर्वाचन क्षेत्रबाट चुनावमा उठ्न्  सार्वजनिक रुपमा आग्रह गर्न थालेका हुन् ।

नेपालका एक मात्र डलर अर्बपति चौधरीले बाँकी जीवन पूर्णकालीन राजनीतिमा बिताउने बताइसकेका छन् । मंसिर दोस्रो साताभित्रै संघीय निर्वाचन गर्ने गरी सरकारले तयारी अगाडि बढाइसकेको छ । नवलपुर–२ बाट चुनाव लड्ने उनको तयारी छ । तर, पार्टीको निर्णयअनुसार आफू जुनसुकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न तयार रहेको चौधरीले बताएपछि उनलाई विभिन्न जिल्लाबाट मतदाताले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्नका लागि प्रस्ताव गरेका हुन् ।

नेपाली कांग्रेस ललितपुर क्षेत्र नं ३ का क्षेत्रीय सभापति महेश्वर थापाले ललितपुर क्षेत्र न ३ बाट चुनाव लड्न प्रस्ताव गरेका छन् । उनले सामजक सञ्जाल फेसबुकमा लेखे, ‘ललितपुर क्षेत्र नं ३ मा स्वागत गर्न तयार छु ।’ ललितपुर–३ बाट हालकी उर्जामन्त्री एवं नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल निर्वाचित भएकी हुन् ।

त्यस्तै, महोत्तरी जिल्लाको गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजाप्रसाद साहले नेता चौधरीलाई महोत्तरी क्षेत्र नं. १ बाट चुनाव लड्न आग्रह गरेका छन् । कांग्रेसका स्थानीय नेतासमेत रहेका साहले भनेका छन्, ‘नेपाली कांग्रेसकोतर्फबाट महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचन लड्न हार्दिक अनुरोध गर्दछु ’, यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेल निर्वाचित भएका हुन् ।

बाँकेका शरद रेग्मीले बाँके–३ बाट चुनाव लड्न आग्रह गरेका छन् भने खिमराज ओलीले रुकुम पश्चिमबाट चुनाव लड्न चौधरीलाई आग्रह गरेका छन् । त्यस्तै, उनलाई सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न स्थानीयले आह्वान गरेका छन् । फेसबुकमा स्थानीय सरोज न्यौपाने, सागर नेपाल, दिनेश गजुरेल, पुर्णेश तामाङ, सुमन सिंहलगायतले सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न आग्रह गरेका छन् । सिन्धुपाल्चोक–२ बाट नेकपा एमालेका नेता शेरबहादुर तामाङ निर्वाचित भएका हुन् । कांग्रेसले यस निर्वाचन क्षेत्रमा राप्रपाका नेता पशुपति शम्शेर जबरालाई समर्थन गरेको थियो ।

धादिङका गिरिराज कडुवालले धादिङ–२ बाट निर्वाचन लड्न आग्रह गर्दै लेखेका छन्, ‘धादिङमा हामी स्वागत गर्छौं । हामी जिताउँछौं पनि ।’

फेसबुकमा कतिपयले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्न आग्रह गरेका छन् । केहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्न भनेका छन् । रामेश्वर पुडासैनीले काठमाडौं–३ बाट चुनाव लड्न चौधरीलाई भनेका छन् भने

वीरबहादुर केसीले राम्रा मान्छेले जहाँबाट पनि चुनाव जित्ने भन्दै चौधरीले आउने निर्वाचन सजिलै जित्ने दावी गरेका छन् । उनले भने, ‘तपाईजस्ता राम्रा मान्छे जहाँबाट लड्दा पनि जित्नुहुन्छ ।’

पाल्पा, भोजपुर, म्याग्दी, दोलखा, सुनसरी, रुपन्देहीलगायतका जिल्लाबाट चुनाव लड्न पनि आग्रह गरिएको छ । नवलपुरका दुबै क्षेत्रबाट चुनाव लड्न सुझाव दिने स्थानीयको संख्या पनि उल्लेख्य छ ।

पछिल्लो समय फरक विधामा आफुलाई प्रमाणित गरेका सफल व्यत्तित्वहरु नागरिकको आकर्षणमा परेका छन् । चौधरी पनि भारतबाहेक दक्षिण एसियाका एक्ला फोर्ब्सको डलर अर्बपतिको सूचीमा सुचिकृत सफल उद्यमी हुन् ।

कांग्रेसको १४र्आँ महाधिवेशनमा उनी खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनी महाधिवेशनअन्तर्गत वडातहबाटै प्रतिस्पर्धा गरेर आएका थिए ।

नेता चौधरी स्थानीय तह निर्वाचनमा नवलपुरका सबै स्थानीय तहमा चुनावी प्रचारप्रसारमा खटिएका थिए । उनले आफ्नो जीवनको बाँकी समय नेपाली कांग्रेसमार्फत राजनीतिमा बिताउने घोषणासमेत गरिसकेका छन् । आफ्नो तीन दशक लामो व्यवसायिक अनुभव राजनीतिमार्फत् देशको समृद्धिका लागि खर्च गर्न चाहेका चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

  • Post Thumbnail

    दसैँले छोएन माझठानालाई, शोकमा डुब्यो गाउँ

  • Post Thumbnail

    फरार कैदीबन्दी चन्द्र दमाई केसी पक्राउ

  • Post Thumbnail

    साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    अफ्रिकामा फैलिँदै इबोला

    Post Thumbnail

    पाटनको अष्टमातृका नाच सम्पन्न

    Post Thumbnail

    मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    Post Thumbnail

    दसैँले छोएन माझठानालाई, शोकमा डुब्यो गाउँ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution