Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २१, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रत्यूष ९७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १२, आईतबार (११ महिना अघि)
एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १२ असार । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा फतुवा विजयपुर नगरपालिकाका तत्कालीन नगर उपप्रमुख कान्ती देवी, वडा नं. १ का तत्कालीन वडाध्यक्ष संजय प्रसाद, वडा नं. २ का तत्कालीन वडाध्यक्ष भविछन राय यादव, वडा नं. ३ का तत्कालीन वडाध्यक्ष दिपनारायण साह, वडा नं.५ का तत्कालीन र हालका वडाध्यक्ष शेख एजाज अहमद रहेका छन् ।

यस्तै, सोही नगरपालिकाको वडा नं.६ का तत्कालिन वडाध्यक्ष हिरा राय यादव, वडा नं.८ का तत्कालीन वडाध्यक्ष र हालका नगर कार्यपालिकाका सदस्य उमाशंकर साह कलवार, वडा नं. का तत्काली नडाध्यक्ष दिपनारायण चौधरी, वडा नं. १० का तत्कालीन वडा अध्यक्ष योगेन्द्र प्रसाद चौधरी, वडा नं.११ का तत्कालीन र हालका वडाध्यक्ष ज्ञानेन्द्र चौधरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियारले नगर कार्यपालिकाका तत्कालीन नगर कार्यपालिका सदस्य लक्ष्मण साह कानु, तत्कालीन नगर कार्यपालिका सदस्य सुन्दरी माझी, तत्कालीन गर कार्यपालिका सदस्य र हाल वडा नं. ७ को वडा सदस्य जिरनी देवी, तत्कालीन गर कार्यपालिका सदस्य फुल कुमारी देवी, संजु देवी जयसवाल, शशी कुमार साह र रबिन्द्र कुमार निधिविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारले मुद्दा दायर गरेको अन्यमा फतुवा विजयपुर नगरपालिका, नगरकार्यपालिका रौतहटका तत्कालीन समयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रन्जना साह रहेका छन् ।

दायर गरिएको मुद्दामा अख्तियारले सबैसँग एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगो दाबी गरेको छ ।

अख्तियारका अनुसार रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का लगाउने सम्झौता गरेका थिए ।

सम्झौताअनुसार प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम वाडँफाँड गर्ने निर्णय भएको थियो ।

फतुवा विजयपुर नगरपालिकाले आर्थिाक वर्ष २०७५/७६ को लाल बकैया नदीको ठेक्का प्रचलित ऐन नियम विपरीत रद्ध गरी नगरपालिकालाई नोक्सानी पु¥याएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न व्यक्तिहरुले भ्रष्टाचार गरेको पाइएपछि अख्तियारले आइतबार उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • महासचिव घनश्याम भुसाललाई पितृशोक

    महासचिव घनश्याम भुसाललाई पितृशोक

  • १७०० रुपैयाँले घट्याे सुनको मूल्य

    १७०० रुपैयाँले घट्याे सुनको मूल्य

  • हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

    हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

  • व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८० जेष्ठ १२ गते शुक्रबार

    २०८० जेष्ठ १२ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    महासचिव घनश्याम भुसाललाई पितृशोक

    महासचिव घनश्याम भुसाललाई पितृशोक

    १७०० रुपैयाँले घट्याे सुनको मूल्य

    १७०० रुपैयाँले घट्याे सुनको मूल्य

    हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

    हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0