Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एन्फा सदस्यमा पराजित अनिल भन्छन्- बरु लिग जित्न सजिलो

प्रत्यूष ८२३ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १०, शुक्रबार (४ साल अघि)
एन्फा सदस्यमा पराजित अनिल भन्छन्- बरु लिग जित्न सजिलो

काठमाडौं, १० असार। 

‘बरु लगातार दुई पटक लिग जित्न सजिलो, एन्फाको राजनीति भने नसकिने रैछ,’ यो भनाइ हो लगातार दुई पटक मछिन्द्र फुटबल क्लबलाई लिग जिताउन सफल व्यवस्थापक अनिल श्रेष्ठको ।

सोमबार (६ असार) भएको एन्फाको चुनावी साधारणसभामा सदस्य पदमा पराजित भएसँगै श्रेष्ठले गुनासो पोखेका हुन् । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका श्रेष्ठ कार्यसमितिको १३ सदस्य भित्र पर्न असफल भए । श्रेष्ठले ३७ भोट पाए ।

१३ सदस्यमध्ये ११ जना निर्वाचित भइसकेका छन् । बाँकी दुई पदमा भने चार सदस्यको बराबर मत (३९) प्राप्त हुँदा एन्फाको आगामी साधारणसभाबाट दुई सदस्य निर्वाचित हुनेछन् ।

चुनावको केही महिना अघिसम्म निर्वाचित पंकजविक्रम नेम्बाङ प्यानल तर्फ देखिएका अनिल कर्माको शक्ति प्रदर्शनमा भने एक्कासि सदस्य पद घोषणासहित प्रस्तुत भए । यससँगै पंकज पक्षले आफ्नो समूहलाई अनिलबाट धोका भएको प्रतिक्रिया दिएको थियो ।

पछिल्लो सहिद स्मारक ए डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल)बीचको विवादपछि अनिल तत्कालीन नेतृत्वसँग नजिकिएका थिए । सुरुवाती आन्दोलनमा ए डिभिजन लिग टिमलाई साथ दिएका अनिल अन्तिम समयमा नेतृत्वलाई सहयोग गर्न पुगेका थिए ।  तर, विपक्षी मानिएका पंकज पक्षले भने चुनावमा अनिलले आफ्नो समूहलाई नै समर्थन गर्ने विश्वास गरेका थिए ।

तर, राष्ट्रिय फुटबल टोलीको व्यवस्थापक जिम्मेवारी पाउने आशामा अनिल कर्मापक्षमा खुलेरै लागेका थिए । तर, नतिजा न कर्मा तर्फ रह्यो । न त अनिलको पक्षमा नै आयो ।

त्यसैले चुनावी मतपरिणामको पूर्ण निर्णय नआउँदै बुढानिलकण्ठस्थित पार्क भिलेजमै ‘अफ्द रेकर्ड’ कुराकानीमा अनिलले आफू ‘डुबेको’ प्रतिक्रिया दिएका थिए । उनले एनएसएल विवाद र खेलाडी विवादमा आफू नराम्ररी चिप्लिएको गुनासो गरेका थिए ।

अनिलले सामाजिक संजालमा आफ्नो भनाई राखेसँगै राष्ट्रिय फुटबल टोलीका सदस्य तथा फरवार्ड विमल घर्ती मगरले ठट्यौली शैलीमा ‘हामीलाई त सजिलो थियो भन्नु हुँदै थियो त म्यानेजरज्यु’ भनेर प्रतिक्रिया दिएका छन् ।

एक प्रकारले विमलले त्यो भनाइ, आफु र आफ्नो सहकर्मी साथीविरुद्ध एन्फा नेतृत्व र क्लबले समर्थन नगरेकोमा खिल्ली उठाएका थिए । यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीसँगको विवादका कारण विमल सहित मछिन्द्रका मात्रै चार खेलाडी राष्ट्रिय टिम बाहिर रहेका थिए ।

तिनै चार खेलाडी क्लबमा अनुबन्ध भएसँगै मछिन्द्रले पहिलो पटक सहिद स्मारक ए डिभजिन लिगको उपाधि जितेको थियो । क्लबले २०७६ र २०७८ को लिग उपाधि लगातार जितेको हो ।

यता, कर्मा समूहबाट नै उपाध्यक्षमा पराजित पूर्व खेलाडी उपेन्द्रमान सिंहले अनिलको पोष्टमा ‘नेपालको पोलिटिक्स गर्न राम्रो मान्छेले नसकिने र राजनीति आफैमा फोहोरी खेल’ भएको प्रतिक्रिया दिएका छन् ।

सिंहको कमेन्टमा आयुष घिमिरे नामबाट खेलाडीलाई अन्याय हुँदा खेलाडीको नाताले एक शब्द बोल्नु भयो ? भन्ने प्रश्नमा सिंहले कार्यसमितिमा बोल्ने कि फेसबुकमा बोल्न पर्ने  भनेर उल्टो प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

  • Post Thumbnail

    श्रीलङ्काली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

  • Post Thumbnail

    चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    गैरकानुनी कार्यमा संलग्न भएको आरोपमा दश विदेशी पक्राउ

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    Post Thumbnail

    बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

    राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

    राससका नवनियुक्त अध्यक्ष कोइरालाद्वारा कार्यभार ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution