Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एसपीसी सम्झौतबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा

प्रत्यूष १२४ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १, बुधबार (९ महिना अघि)
एसपीसी सम्झौतबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौं, १ असार

सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जवाल दिनुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद वथापाले अमेरिका सँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका हुन् । सदन र संसदीय समितिमा सांसदहरुले प्रश्न उठाइरहेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

‘केही दिनदेखि संसदको समितिमा, संसदको बैठकमा माननीयज्यूहरुले एसपीसी सम्झौताबारेमा गम्भीर विषय उठाइरहनु भएको छ । यो विषय सरकारसँग सम्बन्धित छ । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले सम्हाल्नु भएको छ,’ थापाले भने, ‘संसदमा यतिको विषय उठिसकेपछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्रीले संसदमा उभिएर तत्काल जवाफ दिनुपर्छ ।’

एसपीपी सम्झौता के हो र यो कसको पालामा भएको भन्दै उनले जिज्ञासासमेत गरे । केही समयअघि एमसीसी सदनबाट पारि गरेको स्मरण गराउँदै उनले तर, नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्न नहुनने बताए ।

‘हामीले केही समय अगाडि सदनबाट एमसीसी अनुमोदन गर्‍यौँ । यस्ता विकास साझेदारीको विषय अमेरिकासँग, चीनसँग, भारतसँग, सबै शक्ति राष्ट्रसँग थप आवद्ध हुने, संलग्न हुने हो, यसबाट केही लिने हो । तर, नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारी, चाहे त्यो छिमेकी देशसँग होस्, चाहे त्यो शक्ति राष्ट्रसँग होस्, मित्रराष्ट्रसँग होस्, त्यसमा नेपाल सहभागी हुन सक्दैन । हुन पाउँदैन । हुन दिँदैनौँ,’ उनले भने, ‘नेपालको विकासका लागि सबै मित्रराष्ट्र, छिमेकी, शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । उनीहरुले यो गर, योसँग गर, योसँग नगर भन्यो भने नसुन्ने हो ।’

तर, सामरिक विषयमा भने नेपाल संलग्न हुन नहुने भन्दै उनले पुनः यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङको सिद्धलेक गाउपालिकालाई एमालेको ज्ञापनपत्र

    धादिङको सिद्धलेक गाउपालिकालाई एमालेको ज्ञापनपत्र

  • बालमैत्री स्थानीय शासन कार्यान्वयन विषयमा कार्यशाला

    बालमैत्री स्थानीय शासन कार्यान्वयन विषयमा कार्यशाला

  • महिलाको हक हितमा नगरपालिकाले काम गरिरहेको छ : उपमेयर बिश्वकर्मा

    महिलाको हक हितमा नगरपालिकाले काम गरिरहेको छ : उपमेयर बिश्वकर्मा

  • कानुन निर्माणमा मेरो ध्यान जानेछ: आन्तरिक मामिला तथा कानुनमन्त्री – गंगा नारायण श्रेष्ठ

    कानुन निर्माणमा मेरो ध्यान जानेछ: आन्तरिक मामिला तथा कानुनमन्त्री – गंगा नारायण श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०७९ चैत्र १३ गते सोमबार

    २०७९ चैत्र १३ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङको सिद्धलेक गाउपालिकालाई एमालेको ज्ञापनपत्र

    धादिङको सिद्धलेक गाउपालिकालाई एमालेको ज्ञापनपत्र

    बालमैत्री स्थानीय शासन कार्यान्वयन विषयमा कार्यशाला

    बालमैत्री स्थानीय शासन कार्यान्वयन विषयमा कार्यशाला

    महिलाको हक हितमा नगरपालिकाले काम गरिरहेको छ : उपमेयर बिश्वकर्मा

    महिलाको हक हितमा नगरपालिकाले काम गरिरहेको छ : उपमेयर बिश्वकर्मा

    मेरो कार्यकालमा ज्वालामुखी गाउपालिकालाई नमुना पालिका बनाएर छाड्छु :  यामनाथ दनै

    मेरो कार्यकालमा ज्वालामुखी गाउपालिकालाई नमुना पालिका बनाएर छाड्छु : यामनाथ दनै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0