Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कमल थापाका तीन एजेन्डा : राजसंस्था स्थापना असम्भव, हालको निर्वाचन प्रणाली असफल र पूर्ण स्वतन्त्रतासहित हिन्दू राष्ट्र

प्रत्यूष ८३५ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३०, सोमबार (४ साल अघि)
कमल थापाका तीन एजेन्डा : राजसंस्था स्थापना असम्भव, हालको निर्वाचन प्रणाली असफल र पूर्ण स्वतन्त्रतासहित हिन्दू राष्ट्र

काठमाडौं, ३० जेठ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना परिवर्तन गर्नुपर्ने बताएका छन् । राप्रपा नेपाल गण्डकी कार्यसमितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको उनले बताए ।

प्रदेश सरकार आवश्यक नभएको र यसलाई खारेज नै गर्नुपर्ने उनको भनाइ छ । ‘विगतको अनुभवलाई दृष्टिगत गर्दै केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त स्थानीय सरकार रहने गरी संघीय  संरचना बनाउनु पर्छ,’ उनले भने, ‘राप्रपा नेपालले संघीय संरचना सुधारको एजेण्डालाई बोकेर अगाडि बढ्छ ।’ पाँच वर्षको अनुभवमा तीन तहको संघीय संरचनामा प्रदेश सरकारको प्रभावकारिता नदेखिएको उनको भनाइ छ ।

निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक
पूर्व गृहमन्त्री समेत रहेका थापाले अहिलेको निर्वाचन प्रणाली पनि असफल भएको बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए ।

‘७० वर्षसम्म संसदीय व्यवस्थालाई अवलम्बन गरियो, यसले राजनीतिक स्थायित्व कायम गर्न सकेन,’ उनले भने, ‘आर्थिक विकास र समृद्धि हासिल हुन नसक्ने निर्वाचन प्रणालीलाई परिवर्तन  गर्नुपर्छ ।’ अहिलेको निर्वाचन प्रणालीमा कमी कमजोरी, विकृति र विसंगति देखिएको, पैसाको चलखेल, सत्ता र शक्तिको दुरुपयोग हुने गरेकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै उपयुक्त भएको भनाइ थापाको भनाइ छ । प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचनबाट निर्वाचित संसद र संसदबाट निर्वाचित राष्ट्रपति हुने निर्वाचन प्रणाली नै आवश्यक भएको थापाको दाबी छ ।

नेपाल पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र
राप्रपा नेपालका अध्यक्ष थापाले समयअनुसार पार्टीले आफ्नो सिद्धान्त, अवधारणा र मान्यतालाई परिवर्तन गरेको बताए । उनले राष्ट्रियता, लोकतन्त्र र हिन्दू राष्ट्रको मान्यतामा आधारित समवद्र्धनवाद पार्टीको वैचारिक दर्शन हुने बताए ।

गणतन्त्र स्थापानापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता, समानतासहितको हिन्दू राष्ट्र स्थापना गर्नुपर्ने भनाइ उनको छ । ‘गणतन्त्र स्थापनापछि नेपाल राज्यको इतिहास, हाम्रो धर्म, संस्कृतिको अवमुल्यन हुने गरी जुन भाष्य तयार गरिएको थियो, त्यो आपत्तिजनक छ,’ थापाले भने, ‘हाम्रो इतिहासलाई कंलकित गर्ने, सनातन धर्म संस्कृति, मूल्य मान्यतालाई अवमूल्यन गर्ने जुन किसिमको भाषा प्रस्तुत गरियो, त्यसको विकल्पमा सनातन धर्म, संस्कृति, परम्पराको संरक्षण गर्दै राष्ट्रको विकास गर्न सकिन्छ भन्ने मान्यता लिएर अगाडि बढेको हौं, हिन्दू राष्ट्र बनाउने दिशामा नै केन्द्रित भएर लाग्छौं ।’

राजसंस्था स्थापना सम्भव छैन
नेपालमा गण्तन्त्र स्थापना भएपछि पनि संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएका थापाले अब राजसंस्थाको स्थापना  सम्भव नभएको बताए । ‘पूर्वराजा ज्ञानेन्द्र साहको सकारात्मक भूमिका भएको भए राजसंस्था फर्किन सक्थ्यो,’ उनले भने, ‘हामी राज संस्थाको वकालत गर्दै देशव्यापी रुपमा परिचालित भयौं । तर, राजाको सकारात्मक भूमिका भएन, उल्टो राजनीतिक दलसँग झन दुरी बढाउने काम भयो, अब राजसंस्थाको स्थापना सम्भव छैन ।’

व्यक्तिगत रुपमा पूर्वराजाप्रति सम्मान भए पनि राप्रपा नेपालले राजसंस्थाको मुद्दालाई छोडिसकेको थापाको भनाइ छ । उनले राप्रपा र राप्रपा नेपालले राजसंस्थाको वकालत गर्दा पूर्वराजाले सकारात्मक भूमिका खेल्न नसकेको भनी आलोचना गरे । राज संस्थासँग धेरैको गुनासो नभए पनि राजा बन्ने पात्रहरू सम्झिदा अब सम्भव नभएकोले यो मुद्दालाई राप्रपा नेपालले छाडेको जिकीर थापाको छ । ढिलो चाँडो राजेन्द्र लेङ्देनलगायतका पनि राप्रपा नेपालको बाटोमा आउने दाबी थापाको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution